बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
प्रदेश नं ३

सी सहभागी हुने रात्रीभोजमा सहभागी हुनेका लागि कडा नियम, फोनसमेत गर्न नपाइने

२५-आश्विन-२०७६ | ०५:१९:५२ pm

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनफिङको स्वागतका लागि रात्रिभोज दिने भएकी छन् । उक्त भोजमा सहभागी हुनेहरुका लागि कडा नियम लागू गरिने भएको छ ।

सोल्टी होटलमा साँझ सात बजेपछि हुने उक्त भोजमा अतिथिहरुले पोसाकको रंगदेखि खाना खाने समयमा ध्यान दिनुपर्ने भएको छ ।
परराष्ट्र मन्त्रालयले पठाएको निम्तो कार्डमा उक्त नियमसँग सम्बन्धित नियमहरु उल्लेख गरेको छ ।

उक्त कार्डमा सहभागी हुने पुरुषले दौरा, सुरुवाल र ढाका टोपी लगाउनु पर्ने र दौरासुरुवाल नलगाउनेले सेतो सर्ट र गाढा कालो रंगको सुट लगाउनुपर्नेछ ।

त्यसैगरी महिलाका लागि सारी वा गाढा रंगको सुट लगाउन भनिएको छ । त्यस्तै रात्रिभोजमा सहभागी हुनेले तोकिएको समयभन्दा ४५ मिनेटअगाडि नै भोजस्थलमा पुग्नुपर्ने बताएको छ ।

साथै, भोजका बेला मोबाइल फोन अफ गर्न र तस्वीरसमेत नखिच्न निर्देशन दिएको छ ।

Leave a Reply

सम्बन्धित समाचार