बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
मुख्य​ समाचार

बुटवल गुल्मीको कठिन यात्राः गुल्मेली भन्छन् सडक सम्राट बाबुराम भएको भए यस्तो सास्ती हुने थिएन

२५-आश्विन-२०७६ | ०५:१७:२२ pm

 

दशै‌को बेलामा बुटवलबाट गुल्मी आउने जाने बसयात्रा कहिल्यै सहज हुन सकेन ।

यो दशैंमा पनि बसमा भिडमभाड त्यस्तै थियो जस्तो दशकौ अघि हुने गर्दथ्यो ।

बुटवलबाट गुल्मी जादाँ २ वटा खाली सिटमा ४ जनाको टिकट काउन्टरले काटेर दियो । बसमा सिट बाहेक गल्लीमा ३१ जना यात्रि उभिएका थिए ।
ढोकामामात्र १२ जना उभिएका थिए । बच्चा हातमा लिएर उभिने महिला त कति थिए गन्न नै सकिएन ।

उभिनका लागि टिकट काट्नु परेपछि  कता कता सरकार को संझना भयो । यतिसारो मनापरी गर्न त नदिएको भए हुने थियो भन्ने मनमा सोच्दै खाँदिएर ५ घण्टा को बाटो काटियो ।

छोराछोरी सिट नभएको टिकट किन काटेको भनेर अति गाली गरी रहे तर यदि त्यो गाडीमा खाँदिएर नगएको भए, घरमा पुग्ने बेलाको अन्तिम गाडी भेट्न नसकिने कुरा उनीहरुलाई बुझाउनै कठिन ।

यसरी खाँदिएर जेनतेन गन्तव्यमा पुगियो । कहानी त फर्किदा पो भयो । पहिलो चरणमा एउटा जीपमा चढेर तल वामी रुद्रबेणी सडकामा झरियो । त्यसपछि गाडीमा सिट पाउने त कुरै भएन उभिनका लागि कसरी गाडी भित्र छिर्ने भन्ने संघर्ष शुरु भयो ।

एउटा गाडी आउदछ पचासौ यात्री तछाँड मछाँड गर्दै ढोका नेर पुग्दछन् । भित्रका गुन्द्रुक खाँदिए झै खाँदिएका यात्री मध्ये कुनै एकले कतै सास फेर्न पायो भने । हुन्न हुन्न यहाँ खुट्टा टेक्न ठाउँ छैन नचढाउ भनेर चिच्याँउँदछ ।

यस्तो भन्दा भन्दै पनि एकाध जोशिला युवाहरु छिरी हाल्छन् । यस्तै १० वटा गाडी पछि यो लेखको रचनाकारले पनि उभिने सिट भेटायो । भित्र जादा ६३ बर्षकी महिला रुपकला भण्डारी ( नाम परिवर्तित ) पनि उभिएको देखेपछि । ठिकै जीवन संघर्ष हो भनेर हिडियो ।
केही समयपछि टिकट काटेर सिटमा बसेकी एक युवतिले ति ६३ बर्षे रुपकलालाई आफ्नो सिटमा एडजस्ट गरेर बसालिन त्यो देख्दा लाग्यो युवाहरुमा सामजीकरण अहिले पनि बाँकी रहेछ ।

केही छिन्पछि बस झुलामार्दै बस गुल्मीको धार्मिधार्मिक नगरी रिडीमा आईपुग्यो । त्यहाँ एक जना महिला जो सातमुरेबाट टेक्टरमा झुण्डिएर आएकी थिइन । एउटा काखका २ वटा हातमा समातेर भित्र आईन र यहि फिचररको अगाडी आएर उभिइन ।
छोरा सानो भएकोले काखमै राखिन छोरीहरु उभिइरहे । उनलाई यसरी उभिनभन्दा बस्नुहोस कपडा धोए हुन्छ भन्ने सल्लाह दिइयो तर उनले मानिनन् ।
यति सम्म त ठिकै थियो । समस्या तव थपियाे  जब बस पहेँली पौवा अर्थात २ किलोमिटरमै सवै केटाकेटी निदाउन थाले । त्यतिबेला पनि ति रुप कलालाई बसाल्ने युवतिले नै जेन तेन अड्याइन । यसरी कठिनताका साथ हाम्रो बस जोर्तेको भिरमा पुग्नु भन्दा ठिक एक मिनट अगाडी एउटा विवहाको बसको ब्रेक फेल भएछ ।

असोज २४ गते लु १ ख ८०७१ नंवरको बसको ब्रेक फेल भएपछि पहिला लु १ ख ५४५२ नंवरको गाडीलाई हानेछ । केही १५ सेकेन्डमा छेउको एउटा स्कोरपियोलाई हान्यो । त्यसपछि लगेर भित्तामा ठोकेर एउटा ठूलो दुर्घटना हुनबाट बच्यो ।
त्यो बस पल्टिनबाट बच्यो तर त्यहाँबाट साना जीप र मोटर साइकल त आवत जावत भयो ठूला बस पास नभएपछि हजारौ यात्रिको गन्तव्य आवस्यकताभन्दा ज्यादै ढिला हुने भयो ।

जोर्तेको त्यो उकालो बाटो भन्दा जोर्तेबाट सिधा चण्डी भञ्ज्यांङ बाटो निकालेर सिधा बतासे डाँडा निस्कने बसबाटो बनाएको भए गुल्मेली जनताको लाखौ भाडा र प्रतियात्रा १० किमि यात्रा छोटो हुने थियो ।

गुल्मीका नेता कमजोर हुनाले यस्तो हुन सकेन । त्यो भिडमा पनि एक जनाले भने यदि अहिले सम्म बावुराम भट्टराई प्रधानमन्त्री भएको भए एक जिल्लाबाट अर्को जिल्ला जानेबाटोलाई यसरी , नागबेली घुमेझै घुमाउन दिने थिएनन् ।

यो लामो बाटोले गर्दा पाल्पाका हारथोक, सिलाङथोक, भैरवस्थान, जोगीपानी, लघुवा, सिरुखर्क जस्ता ठाउँको व्यापार बढेको र विकास भएको भएपनि टाढा जाने यात्रुलाई ठूलो कठिनाई भएको छ ।

कुनै जिल्लाको स्थानीय बजारलाई लक्षित गरेर अर्को जिल्लाको राजमार्ग अल्मलयाउन हुँदैन भन्ने सोंच हामीमा कहिल्यै आएन ।
ब्ुटवलबाट हरेक सामान बोकेर गुल्मी लैजानु पर्नेहुन्छ । सावुन, सलाई, नुन, चामल, चीयापत्ति, बच्चाले खानेदुध, औषधि सवै बुटवलबाट लैजानु पर्छ । त्यसैले यो बाटोलाई छोटो बनाएर देशको करडौ बचाउनु पर्नेमा राजमार्गलाई कसैको गोठ, कड्कुरोबाट बाटो हिडाल्नु ज्यादै खराव काम हो । यो कुरा पाल्पालीले बुझेनन्, गुल्मेली जुधेनन् तर देशको लाखौ नेक्सान प्रत्येकबर्ष भै रह्यो ।

चाडबाडका बेलामा यात्राको यो कठिनाई र जोर्तेका सधैको पिडालाई हेर्दा जोर्ते तलबाट सुरुङ मागै निकालेर डुम्रे निस्कने बनाउने हो भने पहाडी जीवन सहज हुन्थ्यो ।
प्रसादराम

Leave a Reply

सम्बन्धित समाचार