त्रिवि शिक्षण अस्पतालले भन्याे:सुवास नेम्वाङ अस्पताल आइपुग्दा मुटुको चाल थिएन

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङ अस्पताल आइपुग्दा मुटुको चाल नभएको त्रिवि शिक्षण अस्पतालले बताएको छ ।

गए राति नेम्वाङलाई परिवारका सदस्यहरूले उपचारका लागि अस्पताल लगेका थिए।राति १ बजेर ५० मिनेटमा नेम्वाङलाई अस्पताल ल्याइएको निमित्त कार्यकारी निर्देशक डा. सन्तकुमार दासले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्। अस्पतालले एक विज्ञप्ति जारी गर्दै उपचारको लागि बिहान १ः५० अस्पताल ल्याइपुर्‍याउँदा नेम्वाङको आँखाको नानी फुलिसकेको, रक्तचाप र पल्स रेकर्ड गर्न नसकेको जनाएको छ ।

‘चिकित्सकबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो,’ उनले भनेका छन्, ‘त्यसबखत उहाँको आँखाको नानी फुलिसकेको र स्थिर रहेको थियो।’ चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दापनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएकाले ३ बजे मृत घोषणा गरेका थिए ।