शुक्रबार, कार्तिक २९, २०७६ | Friday, November 15, 2019

काठमाडौँ
प्रधानमन्त्री सचिवालयका रिमाल र भट्टराईको राजीनामा स्वीकृत किन भएन ? गम्भिर द्विविधाको अवस्थामा ओली !   * दुग्ध विकास संस्थानमा जागिर खुल्यो, ठूलो संख्यामा कर्मचारीको माग (सूचनासहित)   * विप्वल समूहका इञ्चार्ज पक्राउ   * नायिका रेखा थापाको हात समातेर पछयाउँदै पशुपति शमशेर जबरा   * बंगुरको विर्य बेचेर नेपालमै करोडको कमाई   * कालापानी फिर्ताका लागी अन्तराष्ट्रीय अदालत जाने आधार भेटियो   * देउवाले दिए कडा निर्देशन, भारतविरुद्ध चुइक्क नबोल्न उर्दी   * भगाएर विवाह गर्दा किशोर पक्राउ   * कसरी घटाउने कोलेस्ट्रोल ?   * पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खुल्यो विज्ञापन, ६१ जनाको लागि अवसर   *
शुक्रबार, कार्तिक २९, २०७६ Friday, November 15, 2019
मुख्य​ समाचार

चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज २५ गते नेपाल आउने निश्चित

२२-आश्विन-२०७६ | ०१:२३:४४ pm

काठमाडौं– नेपाल भ्रमणको लागि आउने भनिएका चिनियाँ राष्ट्रपति सी जिनपिङको औपचारिक भ्रमण मिति सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सीको भ्रमणबारे औपचारिक जानकारी गराएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण गर्ने निश्चित भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति सी अक्टोबर अक्टुवर १२ असोज २५ मा आएर १३ असोज २६ मा फर्कने जनाएको छ ।

सीको आगमनले चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण हुनेछ । यसअघि तत्कालिन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले सन् १९९६ मा नेपाल भ्रमण गर्नुभएको थियो । चिनियाँ प्रधानमन्त्री वेन जियावाओले सन् २०१२ को जनवरीमा नेपाल गर्नुभएको थियो । त्यसपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन सकेको थिएन ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणको तयारी तीव्र गतिमा भइरहेको छ । सरकार राष्ट्रपति सीको भ्रमणका बेला हुने सम्भावित सम्झौताको तयारीमा जुटेका छ । परराष्ट्र मन्त्रालयको समन्वयमा अन्य मन्त्रालयले पनि सीको भ्रमणका बेला हुनसक्ने सम्झौताबारे गृहकार्य गरिरहेका छन् ।
सीको भ्रमणमा केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)सुपर्दगी सन्धी लगायतका सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको परराष्ट्र स्रोतले जनाएको छ ।

रसुवागढी–काठमाडौं, किमाथाङ्का–हिले, दिपायल–दक्षिण चीन जोड्ने सडक, टोखा–विदुर नुवाकोट सडक, गल्छी–रसुवागढी–केरुङ विद्युत प्रसारण लाईन, ७ सय ६२ मेगावाट क्षमताको तमोर जलविद्युत परियोजना, फुकाट–कर्णाली जलविद्युत परियोजना र मदन भण्डारी विश्वविद्यालय निर्माणसम्बन्धी आयोजना लगायतका विषयमा छलफल चलिरहेको स्रोतको भनाई छ ।

नेपाल आउनु पूर्व चिनीयाँ राष्ट्रपति अक्टोबर ११ मा भारतको चेन्नाई पुग्ने र त्यसपछि १२ मा सिधै काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ । भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले मल्लापुरममा दोस्रो शिखर बैठक गर्नेछन् ।

Leave a Reply

सम्बन्धित समाचार