मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
थप ५ जनामा कोरोना पुष्टि: संक्रमित मध्य २ सैनिक   * ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   * बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
प्रदेश

नेवार समुदायमा पनि बेग्लै खालको ‘खडग जात्रा ‘ नृत्य आज दोलखामा हुँदै

२२-आश्विन-२०७६ | १०:३५:३५ am

 

दोलखा ,बर्णन संवाददाता ।

सामान्यतया नेपालमा बडादशै पर्ब मनाउने क्रममा विजयादशमीको दिन आफना मान्यवरजनवाट टिका लगाउन शुरु भएपछि टिका लगाउन बाहेक अन्य गतिविधि प्राय : सकिन्छ तर नेवार समुदायमा भने यसपछि पनि विविध साँस्कृतिक परम्परा र मनोरंजनात्मकको दृष्टि ले महत्वपूर्ण रोचक गतिविधिहरु दशैको अवसरमा हुने प्रचलन छ ।

बटुक भैरवको नेतृत्वमा त्रिपुरासुन्दरी मन्दिरबाट निस्केको आक्रमक देवसेना

त्यसमा उदाहरणको रुपमा दोलखा भीमेश्वर नगरपालिकाको वडा नं २ मा स्थित ऐतिहासिक शहर दोलखा बजारलाई लिन सकिन्छ ।आज यहाँदशैको टिकाको भोलिपल्ट आज एकादशीको दिन विहान देखि साँझ सम्म देब सेनाको रुपमा सेता दौरा , जामा र टाउकोमा सेतै पगरी सहित गलामा जमरा आदिका मालाले सजिएर हातमा खड्ग लिएर युद्धको शैलीमा गरिने खडग जात्रा नृत्यलाई लिन सकिन्छ ।

स्थानीय हरुले सुनाएको किंवदन्ति अनुसार उहिले दानवहरुले देवदेवी तथा मनुष्यहरुलाई अनेक प्रकारले दुःख दिन थालेपछि देउताहरुले त्रिपुरासुन्दरी भगवतीको साथ पाएर भएको देवासु संग्राममा दैत्य नायक महिषासुर राक्षसको बध गरीे राक्षसी दुःखबाट मुक्त गर्न युद्धको साइत जुराई भाद्र पूर्णिमादेखि घनघोर देवासुर संग्राम सुरु गरेका थिए । यसरी देब असुर बीच युद्ध सुरु हुनुअघि देवदेवीहरु पूजा सामग्री साथ निमन्त्रणा र सहयोगको लागि कालिञ्चोक भगवती भएको ठाँउमा गए र त्यहाँबाट आश्वासन प्राप्त गरेर फर्की दोलखा सहरको राइती भन्ने तीन धारा अगाडि देबयज्ञ गरेको समेत उल्लेख गरेको पाइन्छ ।

देवदेवी मिलेर यहाँको राइती भन्ने तिनवटा ढुंगेधारा (राजहिटी )भएको स्थानमा आफूलाई परास्त गर्न् दैविक शक्ति आर्जनका लागि देबयज्ञ गरेको सुनेर दानवहरु त्यहाँ आएर विध्न बाधा हाल्दै यज्ञ ध्वस्त गर्न वितण्डा मच्चाउन थाले । दानवहरुको यस्तो कार्यले देवदेवीहरु अत्यन्त क्रुद्ध भए र दानव तथा देवदेवीको बीचमा भीषण युद्ध भयो ।

भीमेश्वर मन्दिर अगाडि तिन दानवको प्रतीक स्वरुप तिनवटा राँगालाई खड्ग प्रहार गर्दै देबसेना

युद्धमा शक्तिकी देबी त्रिपुरा सुन्दरी भगवती र उनका छोरा बटकु भैरब सहितको देवसेनाको आक्रमणवाट दानवहरु पराजित भए र विजया दशमीको दिनमा देवदेवीले महिषासुर दैत्यको शिर छेदन गरी दानवहरु संगको युद्धमा विजय हासिल गरे । यसरी देवदेवीले युद्धमा महिषासुरको बध गरी विजय हासिल गरेको सम्झना गर्दै दशैमा दोलखा सहरमा खड्ग जात्राको सुरुवात गरिएको स्थानीयको कथन रहेको छ । आज विहान देखि देवसेना विभिन्न टोल टोलबाट राजकुलेश्वरको तलेजु भवानी मन्दिरमा भेला भई देवीको आशिर्वाद सहित तलेजु भगवती , सेनापतिकोे रुपमा याकर गण , मूल खडग सहितको अंग रक्षक सेना समेतले हातमा खडग ढाल , पर्सु जस्ता हतियार लिई युद्धको बाजाको तलामा नृृत्य शुरु गर्ने यहाँ परम्परा रहेको छ ।

दोलखाको राजकुलेश्वर मन्दिरबाट सुरु हुने खड्ग जात्रा नजिकै बहिर टोलको चक्रमण्डप , नकछें टोलको बौद्ध चैते, कोर्छें, गुर्कोट बाट सहायता माग्न पिंगलको बालकुमारी मन्दिर हुँदै त्यहाँ बाट सेना थपिदै टसिचा टोल भएर रास्नीको उकालो लाग्ने क्रममा दोवाटोमा किचक बध गर्दै माथिल्लो टोलको शिम्भुथान बजार रहेको चैत्य वरिपरि घुम्दै खडग धारी देवसेना भीमेश्वरडबली भएर भीमेश्वर मन्दिर अगाडि पुग्छ र त्यहाँ तिन दानवको प्रतीक स्वरुप तिनवटा राँगालाई सबैले पालैपालो खड्ग प्रहार गर्ने विधिविधान परम्परालाईे अपनाउने चलन छ ।

भीमेश्वर मन्दिर वरिपरि युद्ध अभिनय गर्दै कालीमन्दिरको बाटो हुँदै देवसेना थप सहायता माग्न त्रिपुरासुन्दरी देबीको मन्दिरमा पुग्छ र भगवती माताले दैत्यहरुलाई परास्त गर्न देवसेनालाई सहयोग स्वरुप आफना छोरा बटुक भैरबलाई आफनो सम्पूर्ण शक्ति घण्टा, डमरु र विशेष खालको खड्ग दिई गलामा राँगाको आन्द्राको माला लगाई बाकि युद्धको नेतृत्व लिएर उत्साह र उमंगका साथ जाने दैत्य विरुद्ध अगाडि जाने यस अघिको अधिकांस सेना भने मौन यात्रा गर्ने गर्दछ ।

बटुक भैरवको नेतृत्वमा त्रिपुरासुन्दरी मन्दिरबाट निस्केको आक्रमक सेना र बैदिक भजन किर्तन सहितको दुई टोली खडगधारी देवसेना ढुङ्गल टोल, नाटेश्वर मन्दिर, पिंगल टोलको महादेव स्थान, राजकुलेश्वर हुँदै नजिकैको चक्रडबलिमा मूर्ति स्थापना राँगोलाई बलि दिई राखेको ठाँउमा पुगेर बटुक समेतको देवसेना दैत्य संंग घोर युद्ध अभिनय गरि दैत्य सेना पतिको बध गरेको अभिनय स्वरुप काटि राखेको राँगोलाई खडगले प्रहार गर्दछ ।

त्यहाँबाट तथा थप विजय हासिल गर्न नकछें टोल हुदै बाहरवली भएर शहर भन्दा केहि पर सुनसान क्षेत्र खिङलचा भन्ने ठाउँको शिरछेदन डबली ( स्थानीय भाषा छेरप्वाले )पुगेर भीमेश्वर स्थान तथा त्रिपुरा सुन्दरी मन्दिरमा बलि दिइएको राँगाको टाउको त्यहाँ राखी राजकुलेश्वर तलेजु भगवती , बटुक भैरव र देबता तर्फ सेनापति सवैे मिलेर पालोसित्त खड्ग प्रहार गरी दानव राज महिषासुर लगायत शुम्भ , निशुम्भ दैत्यलाई शिर छेदनगर्दछ ।

सम्पूर्ण दानवलाई संहार गरी बिजय हाँसिल गरेको अभिनय स्वरुप बिजयको बाजा सहित बाजा बजाएर राजकुलमा र दुंगलमा फर्केर आई गुप्तस्थानमा लुकेर बसेको दानवको प्रती स्वरुप कुभिण्डो काटेर विजय उत्सव मनाई आफूसंग भएको ढाल , खडग सहितको हात हतियार सुम्पेर सवै एक आपसमा विदा बादी मनाएपछि खड्ग जात्राको समापन गर्ने प्रचलन रहेको छ ।

गत २०७२ साल बैशाखमा आएको शक्तिशाली भूकम्पको कारण क्षतिग्रस्त भई भत्किएको त्रिपुरासुन्दरी मन्दिर र राजकुलेश्वरको तलेजु मन्दिर पुननिर्माण भई तयार भएको मन्दिरको आँगनमा हुने यसपालीको खडग जात्रा अघिल्लो बर्षको भन्दा विशेष आकर्षणक हुने देखिन्छ ।

नेवार समुदायमा पनि बडादशैको एकादशीको दिन अन्यत्र भन्दा बेग्ले रमाइलो खालको ऐतिहासिक र पौराणिक महत्व बोकेको दोलखाको खडग जात्रा सवै नेपालीले अवलोकन गर्न आवश्यक देखिन्छ ।
खड्ग जात्रा सम्पन्न भएपछि साँझमा त्रिपुरा सुन्दरी र राजकुलेश्वर मन्दिरको पुजारीले राजकुलेश्वर मन्दिर अगाडि बसी सर्व साधारणलाई बिजयको टीका लगाई दिने प्रचलन समेत रहेको छ ।

यसैगरि काठमाडौ उपत्यकाको नेवार समुदायमा पनि विजया दशमी र एकादशिका दिन विभिन्न रंग रातो सेता हरियो र निलो पहिरनमा हातमा खडग लिएर विभिन्न शक्तिपीठमा तन्त्र साधना गरी खड्ग धारणा गरी थर थर काम्दै टोल तथा गुठीका मानिस निस्किने दोलखामा भन्दा केहि फरक परम्परा यहाँ रहेको छ तर दोलखाको जस्तो बाजाको तालमा नाच्दै बजार परिक्रमा गरेको पाइएन।

एकादशीका दिन काठमाडौंको नेवार समुदायमा निकालिने खड्ग जात्रा

काठमाडौ लगायतका ठाउँ अपरान्ह तिर खड्ग धारण गरेर नगर परिक्रमा गरिसकेपछि आसूरी प्रवृत्तिको प्रतीक कुभिण्डोलाई खड्गले प्रहार गरी जात्रा सम्पन्न गरिन्छ । खड्ग जात्रामा शक्तिपीठबाट तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको मूल घरबाट खड्ग जात्रा निकालिन्छ ।

काठमाडौंका पुरानो बस्ति मध्येका टेःबहाल र वटुबाट भद्रकाली, कोहिटीबाट नीलवाराही, यट्खाबाट कंकेश्वरी ,महाबौद्घ, किलागल र तलेजु भवानी लगायतका पीठबाट खड्गजात्रा निकालिएको हो । त्यस्तै भक्तपुरको तलेजुमा मध्य रात्रिमा खड्गजात्रा सम्पन्न भएको छ । कीर्तिपुरमा पनि सोही दिन महिलाले खड्ग जात्रा निकालेका छन् । यहाँका महिलाले खड्गको सट्टा सिन्दूरकदानी बोकेर नगर परिक्रमा गरि खड्ग जात्रा निकाल्ने परम्परा छ ।

एकादशीका दिन काठमाडौंको असनमा विशेष तरिकाको खड्ग जात्रा निकालिन्छ । यहां तुलाधर समुदायका एक नाबालक लाई विजयादशमीको नाइके बनाई खड्ग समातेर परिक्रमा पश्चात कुभिन्डो काटे पछि जात्रा सम्पन्न हुन्छ र भोलिपल्ट एकादशीको दिन मान्यवरहरुवाट दशैको टिका लगाईदनिे चलन रहेको छ ।

यसैदिन काठमाडौको टोखा ,ललितपूरको बुंगमति , ठिमी लगायतका नेवारी सुमुदाय बसोवास गरिराखेको विभिन्न पुरानो बस्तीहरुमा पनि खड्ग जात्रा पर्व मनाइन्छ । यसखालको कतिपय जात्राहरु लोप भई सकेको अवस्था छ भने कुनै कुनै लोप भइसकेको धेरै बर्ष पछि पुनः संचालन भइरहेको पनि जानकारी आइरहेको छ ।

जे भए पनि जातिय पहिचान र पुर्खा देखि चल्दै आएको संस्कृति र परम्पराको धरोहरको रुपमा रहेका यस खाले साँस्कुतिक गतिविधिहरुको विस्तृत खोजखवर , अध्ययन अनुसन्धान गरि परम्परादेखि चल्दै आएका जात्राको उचित प्रचार प्रसारका साथ संरक्षण , संबद्र्धन गर्न आवश्यक छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: