बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
अन्तर्राष्ट्रिय

हङकङमा जारि ‘ फेस मास्क आन्दोलन’ चर्कदै (हेर्नुस भिडियो )

२२-आश्विन-२०७६ | ०५:२०:२५ am

एजेन्सी– चीनको हङकङमा यतिबेला झमझम पानी परेर मौसममा चिसोपना आएको छ । अर्कोतिर त्यहिं स्थानीय सरकारले ‘मास्क’ लगाउन निषेधाज्ञा जारि गरेर हङकङबासीलाई गरमाउन बाध्य पारेको छ ।

स्थिति यो अवस्थामा पुग्यो कि झमझम परिरहेको पानी र सरकारले लगाएको निषेधाज्ञाको उलघंन गर्दै हङकङवासी आफ्नो माग र अधिकारका लागि सडकमा लगातार निस्किएका निस्किएकै छन् । सरकारविरोधी अभियानमा निस्किएका हजारौँ हङकङवासीले सरकारका प्रतिबन्धहरुको बेवास्ता गर्न थालेको अब १७ हप्ता नाघि सक्यो ।

अन्तर्राष्ट्रिय सन्चारमाध्यम एजेन्सी लगायतमा आएका समाचारहरुअनुसार त्यहाँको अदालतले सरकारले लगाएको प्रतिबन्ध खारेज गरिदिएको छ । तर, प्रहरीले मास्क लगाएर आन्दोलनमा उत्रिएका हङकङवासीलाई धमाधम पक्राउ गरिरहेको छ ।

गत शुक्रबार आन्दोलनकारीहरुका कारण बन्द भएका सहरका कतिपय यातायात सेवाहरु फेरि सन्चालनमा आएका छन् ।

प्रहरीले केही दिनअघि आन्दोलनकारीमाथि गोली प्रहार गरेपछि केहीअघि मत्थर भएको आन्दोलन फेरि चर्किएको हो ।

उता, हङकङ नेतृ क्यारी लामले मास्कमाथि प्रतिबन्ध लगाउन बेलायती शासनताकाको नियमलाई अगाडि सारेकी छिन् । प्रदर्शनकारीले चाहिँ हङकङ र चीनमा सीमामा अहिले नै प्रजातन्त्र सकाइएको आरोप लगाएका छन् । ‘हामी प्रदर्शनकारीलाई हङकङलाई थप खराब बनाउन दिन चाहँदैनौँ,’ लामले भनेकी छिन्, ‘अत्यधिक धेरै हिंसा भएकाले मास्कमाथि प्रतिबन्ध लगाइएको हो ।’

तर, त्यहाँको उच्च अदालतले सरकारले लगाएको यो प्रतिबन्ध खारेज गर्ने फैसला गरिदिएको छ ।

सन् १९९७ मा बेलायतले हङकङलाई चीनको अधिनमा रहने गरि हस्तान्तरण गरेको थियो । तर, केहीअघि देखि हङकङको राजीतिमा चीनको प्रत्यक्ष संलग्नता भएको विरोध गर्दै त्यहाँ प्रदर्शनी सुरु हुन थालेका छन् । पछिल्लो पटक चाहिँ हङकङले सुपुर्दगी विधेयक ल्याएपछि आन्दोलन यसरी चर्किएको हो । यो विधेयकअनुसार हङकङबाट जो कसैको पनि अनुसन्धान चीन सरकारले गर्न चाहेमा अभियुक्तलाई चीनलाई हस्तान्तरण गर्नुपर्छ ।

तर, लामो समयसम्म आन्दोलन चर्किएपछि यो विधेयक खारेज गरिएको छ । अब त्यहाँका प्रदर्शनकारीले हङकङकी नेतृ क्यारी लामको राजीनामा माग गरिरहेका छन् । तर नेतृ लामचाहिँ अडिग भएर तत्काल राजीनामा दिने पक्षमा छैनन् ।

Leave a Reply

सम्बन्धित समाचार