राष्ट्रिय क्रिकेट टिम बुधबार विहान काठमाडौं आइपुग्ने

काठमाडाैँ।एसिया कप खेल्न गएको नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार विहान काठमाडौं आइपुग्ने भएको छ ।

एसिया कप क्रिकेटका काठमाडौंबाट पाकिस्तान गएको थियो । पाकिस्तानसँग २३८ रनले पराजित भएपछि नेपाली टोली उतैबाट एसियाकपकै समूह चरणको अर्को खेल खेल्नका लागि श्रीलंका पुगेको थियो । श्रीलंकाको क्यान्डीमा सोमबार भारतसँग खेलेको नेपाली टोली १० विकेटले पराजित भएसँगै समूह चरणबाट बाहिरिएको छ ।

पहिलो पटक भारत र पाकिस्तानसँग क्रिकेट खेलेको नेपाली टोली नतिजाका हिसावले भन्दा पनि प्रदर्शनको हिसावले सवैतिर प्रशंसा पाइरहेको छ ।

नेपाली टोली बुधबार विहान श्रीलंकाबाट लंक एयरको उडानमार्फत काठमाडौं आइपुग्ने छ । श्रीलंकाबाट साढे ८ बजेको उडानमार्फत काठमाडौं आउनका लागि साढे ३ घण्टा लाग्ने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान साढे ११ बजेपछि अवतरण गर्ने छ ।