शुक्रबार, जेठ १६, २०७७ | Friday, May 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
अफ्रिकी मुलुकबाट उडेर आको यो सलह किरा ।   * शव लैजाँदा शवदाह गृहका कर्मचारीकाे भागाभाग   * रौतहटमा क्वारेन्टाइन बनाउने बिषयमा झडप: प्रहरीद्वारा १२ राउन्ड हवाई फायर   * रौतहटमा थप १७ जनामा कोरोना पुष्टि: रौतहटमा सङ्क्रमितकाे संख्या १२५ पुग्यो   * लकडाउन खुलेको ३० दिनभित्र अदालत जाने मौका: हद म्याद नलाग्ने   * लोककल्याणकारी विज्ञापन अनलाइन समाचार माध्यमलाई पनि दिईने   * रेलमार्गका लागि ६६ अर्ब:विमानस्थलका लागि १९ अर्ब   * कर्मचारीलाई घुम्न प्रोत्साहन गरिने   * आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा (लाईभ हेर्नुहाेस)   * नयाँ व्यवसाय सुरु गर्नेलाई २ प्रतिशत ब्याजदरमा ऋण   *
[bsa_pro_ad_space id=33]
शुक्रबार, जेठ १६, २०७७ Friday, May 29, 2020
मुख्य​ समाचार

राष्ट्रपति भण्डारीले शुभसाइतमा आमावाट विजयादशमीको टीका ग्रहण

२१-आश्विन-२०७६ | ०६:२०:५१ pm

काठमाडौं, असोज २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैको आश्वीन शुक्ल दशमीका दिन विजयादशमीको अवसरमा आज बिहान शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मंगलबार बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक नवदुर्गाभवानीको प्रसाद स्वरुप आमा पाण्डेवाट टीका ग्रहण गरेकी हुन्

राष्ट्रिय गान पछि स्वस्तिमन्त्रवाचनसहित मूल पुरोहित र अन्य पुरोहितहरुले आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी स्थापना गरिएको पूर्ण कलशको जलले राष्ट्रपति भण्डारीलाई अभिषेक समेत गरिएको थियो । उनले हनुमानढोका दरबारका मूल पूजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित खेमचन्द्र ढकालबाट टीका, प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन् ।

शास्त्रोक्त विधिपूर्वक प्रतिपदाका दिनदेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, चामुण्डा , महालक्ष्मी , महासरस्वती आदि शक्तिदेबीको पूजा–अर्चना तथा सप्तसती पाठ गरिएको हनुमानढोका दसैंघरबाट पूर्ण कलशको जल, जमरा, तिलक र रक्षासूत्र ल्याइएको थियो ।

राष्ट्रपति भण्डारीले मूल पुरोहित, राष्ट्रपति कार्यालयका पुरोहित र अन्य ब्राह्मणलाई टीका, जमरा , प्रसाद र दक्षिणा प्रदान गरिन् । त्यसअघि, राष्ट्रपतिले दीप, कलश र गणेशको पूजा संगै शुभारम्भ गरेकी थिइन् ।

राष्ट्रपति भवन शीतल निवासको प्रेक्षालयमा टीका लगाइरहँदा नेपाली सेनाको एक संगित टोलीले मंगलधुन बजाएको थियो ।राष्ट्रपतिले आफ्ना काकाकाकीबाट समेत टीका ग्रहण गर्नुभएको थियो भने देवर कैलाश भण्डारी, छोरी जुवाइँहरु, परिवारजन, स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीलाई टीका लगाइदिनुभयो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: