वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु

वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु

जनतालाई त्रासमा राखेर आफू शक्तिमा टिक्ने दाहालको दाउ

 शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आफू जनताको काम गर्न प्रधानमन्त्री भएको भन्दै कसैले हटाउने प्रयास गरेमा लाखौं जनता सडकमा उतारेर प्रतिवाद गर्ने योजना बनाएको बताए ।

आफू कतिन्जेल प्रधानमन्त्री बन्छु भन्ने थाहा नभएको भनेका उनले राम्रो काम गर्दागर्दा हटाउन लागिपरे प्रतिवादका लागि आफू तयार रहेको भने । त्यसका लागि आफ्नो पार्टी जनतासम्म जान सुरु गरेको उनको भनाइ थियो। दाहालले आफू संकटमा रहेको जनाउ दिँदै सहयोगका लागि जनताको साथको याचना गरे । अर्थात् उनले अनेक धाकधम्की देखाएर भए पनि माहोल आफ्नै पक्षमा पार्ने प्रयास गरिरहेका छन् ।

https://barnanmedia.com/detail/1693711945-lii-aa-l-u-tw-23-09-03

एम अधिकारीको नीतिले डामाडोल सेयर बजार

 सेयर बजारमा गिरावटको क्रम रोकिएको छैन । गत साता नेपालको एक मात्र पुँजीबजार परिसूचक नेप्सेका साथै कारोबार अंक पनि खुम्चिँदै जाँदा बजार अझै दबाबमै रहेको देखाएको छ ।

साताका चार दिन कारोबार हुँदा नेप्से परिसूचक करिब साढे २३ अंक घटेको छ। गत साता २०१३ दशमलव ९३ विन्दुमा बन्द भएको नेप्से यस साता १९९० दशमलव ५९ विन्दुमा आएर रोकिएको छ । यो गिरावट समग्र सेयर बजारको १ दशमलव १६ प्रतिशत हो ।

https://barnanmedia.com/detail/1693711020-e-a-l-l-b-uq-23-09-03

डेंगु संक्रमण २१ हजार नाघ्याे ;भदौ र असोजमा संक्रमण उच्च हुने :रोग नियन्त्रण महाशाखा

 नेपालमा डेंगु संक्रमण बढिरहेको छ । इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म डेंगु संक्रमण २१ हजार २ सय छ जनामा पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेंगु संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो ।

संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेंगु संक्रमण दैनिकरूपमा बढेको बताए ।

https://barnanmedia.com/detail/1693704171-a-u-mv-23-09-03

के हो पोस्टपार्टम डिप्रेसन?

बच्चा जन्मिएपछि थुप्रै आमाको स्वभावमा चिडचिडापन देखिने गर्छ । कहिलेकाँही उनीहरु कुनै कारण बिना नै रुन्छन् त कहिलेकाँही चुप रहन रुचाउँछन् ।

सुत्केरी भएपछि महिलाको शरीरमा धेरै परिवर्तनहरु आउने गर्दछ । गर्भावस्थादेखि सुत्केरीसम्म, एक महिलाले धेरै चुनौतिहरुको सामना गर्नुपर्छ र यो समयमा उनले शारीरिक, मानसिक, भावनात्मक र व्यवहारिक रूपमा पनि परिवर्तनहरु सहनु पर्ने हुन्छ । । यस्तो अवस्थामा शारीरिक स्वास्थ्यमा मात्रै नभएर मानसिक स्वास्थ्यमा पनि विचार पुर्‍याउँनुपर्छ । गर्भावस्थादेखि नै महिलाको शरीरमा विभिन्‍न परिवर्तन आइरहेको हुन्छ । बच्चा जन्माइसकेपछि आमाले बच्चाको हेरविचार मात्रै होइन, शारीरिक तथा हर्मोन परिवर्तनको पनि सामना गर्नुपर्ने हुन्छ । जसका कारण त्यसको असर व्यवहारमा पर्न जान्छ ।

https://barnanmedia.com/detail/1693694514-d2al-o9-23-09-03

अवैध सुनसहित एक जना महिला पक्राउ

 रसुवामा अवैध सुनसहित शनिबार एक जना महिला पक्राउ परेकी छन् । रसुवागढी नाकाको मितेरी पुलबाट गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउन लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जानकारी दिए ।

कोदोबालीमा खुम्रे कीराको समस्या

 बागलुङ नगरपालिकाको अधिकांश क्षेत्रमा लगाइएको कोदोबालीमा खुम्रे कीराको समस्या देखिएको छ । खुम्रेकीराका कारण कोदोको डाठ धमाधम सुक्न थालेपछि बागलुङ नगरपालिकाभित्रका किसान चिन्तित बनेका छन् ।

बागलुङ नगरपालिकाको सिगाना, मालिका, भान्सा, रायडाँडा र सिमलगायत क्षेत्रमा लगाइएको कोदोमा खुम्रे कीराको समस्या देखिएको बागलुङ नगरपालिकाको कृषि शाखाले जनाएको छ । कोदोको जरामा खुम्रे कीरा र डाठमा गबारो देखिएको छ भने धानखेतीमा ढुसीजन्य रोग देखिएपछि अहिले रोग नियन्त्रण, रोकथाम र अनुगमनको कामलाई बागलुङ नगरपालिकाले तीव्रता दिएको छ ।

काठमाडौँका मेयर शाहको चेतावनी: सिंहदरबारमा आगो लगाइदिन्छु!

 काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरपालिकाका कुनै पनि गाडी सरकारबाट रोकिए सिंहदरबारमा आगो लगाईदिने चेतावनी दिएका छन्।

उनले आजपनि आफ्नो महानगरपालिकाका गाडी सरकारबाट रोकिएको संकेत गरेका छन् । उनले आजको लागि केही भएन भन्दै भोलिबाट महानगरका कुनैनि गाडी सरकारबाट रोकिए भने सिंहदरबार आगो लगाउने चेतावनी दिएका हुन् । उनले फेशबुकमा भर्खरै सरकारलाई चेतावनी दिँदै यस्तो पोष्ट गरेका छन् ।

https://barnanmedia.com/detail/1693706195-b-aa-li-8x-23-09-03

सल्यानको सुन्तला बगैँचामा ‘पिङ्क डिजिज’

सल्यान जिल्लाका सुन्तला बगैँचामा गुलाबी रङको रोग देखिएपछि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसहित विज्ञको टोली त्यहाँ पुगेको छ ।

राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारको प्रयोगशालामा सल्यानको सुन्तलामा लागेको रोगको नमूना परीक्षण गर्दा पिङ्क डिजिज (गुलाबी रोग) पत्ता लागेको थियो । रोग देखिएलगत्तै किसानको समस्या समाधान गर्न सो किसानसँग सरकार कार्यक्रमअन्तर्गत एकीकृत प्रयोगशाला सुर्खेतका विज्ञसहितको प्राविधिक टोली सल्यान, बागचौर नगरपालिका–९ स्थित सुन्तला किसानको बगैँचामा पुगेको थियो ।

कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

 कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ आज आइतबार हुँदैछ । शुक्रबारको निर्धारित मुद्दा हेर्न नभ्याइएपछि आइतबारको लागि सारिएको हो ।

मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुद्दा दायर गरेका थिए ।

यि प्रदेशमा हुने छ आज भारी वर्षा!

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर(पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

आइतबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

शिक्षा, स्वास्थ्य, सामाजिक परिवर्तनको सूचकका रुपमा रहेको बेथितिको अन्त्य हुनुपर्छ : सभापति लामिछाने

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सङ्घीयताको पक्षमा रहेको बताउनुभएको छ ।

सप्तरीको राजविराजमा आज पत्रकारसँग कुराकानी गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक परिवर्तनको सूचकका रुपमा रहेको क्षेत्रमा भइरहेको बेथितिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

युवा स्वरोजगार प्रदेश सरकारको महत्वकाङ्क्षी योजना

 कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले युवा स्वरोजगार प्रदेश सरकारको महत्वाकाङ्क्षी योजना भएको बताउनुभएको छ ।

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ सुर्खेत शाखाद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘आइटी एजुकेशन तथा करिअर प्लानिङ’ कार्यक्रममा योजनामन्त्री सिंहले युवा स्वरोजगारमार्फत कर्णाली समृद्धिको अभियान थालिएको बताउनुभयो ।

वर्तमान संविधानमाथि नै खतरा छ : संयोजक सिटौला

नेपाली कांग्रेसका नेता एवं नेपालको संविधान २०७२ को मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले देशैभरि स्थानीय नेता, कार्यक्रताको मत बुझ्दा अहिलेको अवस्थामा वर्तमान संविधानमाथि नै खतरा रहेको बताउनुभएको छ ।

हिजाे जनकपुरधाममा संवाद केन्द्रद्वारा आयोजित संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रममा विभिन्न प्रदेशमा गरिएको छलफल र भेलामा स्थानीय नेताहरूको मत बुझ्दा आफ्नै पार्टीका जनप्रतिनिधिसमेत संविधान कार्यान्वयन गर्न नचाहेको सहितका गुनासो सुनिएकाले आफूलाई चिन्ता लागेको उहाँले बताउनुभयो ।

निरुता सिंहसँग लगनगाँठोमा कसिएका मुम्बईका सञ्जीभ गुलाटी काे हुन?

अभिनेत्री निरूता सिंह वैवाहिक जीवनमा बाँधिएकी छिन् ।

नेपाली चलचित्र उद्योगकी हिट नायिका निरुता सिंहले गत बिहीबार आफ्नो विवाह भएको सार्वजनिक गरेकी हुन। उनले मुम्बईका सञ्जीभ गुलाटीसँग लगनगाँठो कसेकी हुन्।

उनले सो जानकारी आफैले सामाजिक सञ्जालबाट दिएकी हुन । दक्षिणा, आफन्तजस्ता दर्जनौँ हिट फिल्म दिएकी अभिनेत्री सिंहले फेसबुकमार्फत आफूले बिहे गरेको जानकारी गराएकी हुन ।तुलसी घिमिरे निर्देशित चलचित्र दक्षिणाबाट चर्चामा आएकी निरुताले दर्जनौँ नेपाली चलचित्रमा अभिनय गरेपनि पछिल्लो समय सक्रिय छैनन् ।

https://barnanmedia.com/detail/1693693705-l-e-bii-l-ot-23-09-03

निकुञ्जमा सडक निर्माण गर्न ‘डिपिआर’ र ‘इआइए’

 चितवन राष्ट्रिय निकुञ्जमा कालोपत्रसहितको सडक निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन( डिपिआर ) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम अघि बढाइने भएको छ ।

यसका लागि शुक्रबार वन मन्त्रालय, हुलाकी सडक आयोजना, निकुञ्ज र जनप्रतिनिधिको टोलीले स्थलगत निरीक्षण गरेपछि ती प्रक्रिया सुरु गर्न लागिएको हो । डिपिआर निर्माण गर्नका लागि भरतपुरको धु्रवघाटबाट माडीको रिउसम्म वन्यजन्तुको आवतजावत हुने क्षेत्र निर्धारण गर्न (ट्रयापिङ) क्यामेरा जडान गरिने भएको छ । पन्ध्रदेखि २१ दिनको क्यामेरा ‘ट्रयापिङ रिपोर्ट’का आधारमा ती काम गरिनेछ ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

 राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । शनिबार राति परेको अबिरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो ।

सडक अपरुद्ध भएसँगै जिल्लाका दक्षिण क्षेत्रका सबै स्थानीय तह र छिमेकी जिल्ला पर्वत, गुल्मीसँग सडक सम्पर्क टुटेको छ । उक्त खण्डमा पहिरो खसेपछि सवारी चल्न नसकेको टाफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताउनुभयो ।