बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
प्रदेश नं ३

दोलखा बजारमा हिपाथामी जात्रा यसपाली पनि नहुने

२०-आश्विन-२०७६ | १०:१८:४० pm

काठमाडौं, बर्णन संवाददाता ।

भीमेश्वर नगरपालिका वडा नं २ अन्तर्गत पर्ने ऐतिहासिक शहर दोलखा बजारमा २०७२ सालमा आएको भूकम्पले भत्किएको त्रिपुरासन्दरीको मन्दिर निर्माण सम्पन्न भएतापनि यस मन्दिरसंग गाँसिएको बडादशै अवसरमा विशेष आकर्षण मध्येको हिपाथामी जात्रा यसपाली पनि नहुने भएको छ । जिल्लाको आदिवासी मानिएको थामी र नेवार जाति बीच परम्परागत रुपमा जातीय एबम साँस्कृतिक एकताको प्रतीक स्वरुप चल्दै आएको हिपाथामी जात्रा संचालनमा विविध समस्या देखा परेको कारण गत केही बर्षदेखि चल्न सकेको छैन ।
हिपाथामी जात्रा पुन संचालन गर्ने प्रयास स्वरुप गत महिना काठमाडौमा भएको एक छलफलमा भएको निर्णय अनुसार दोलखाको साँस्कृतिक अभियन्ता प्रकाश श्रेष्ठको नेतृत्वमा शिक्षक जीबन चाकुबजी समेत भएर हिपाथामी समुदायको थलो दोलखा देखि उत्तर तर्फ रहेको कालिन्चोक गाउँपालिका वडा नं ९ अन्तर्गतको थामी बस्तीमा केही दिन अघि पुगेर दशैको बेला राकिएको हिपाथामी जात्रा पुनः संचालन गर्ने वारे जात्रा सम्वन्धित थामी समुदाय संग सौहार्दताका पूर्ण तरिकाले कुराकानी भएको बताए । जात्रा संचालन सम्वन्धमा एक दुई जना बाहेक अधिकांस थामी समुदायका सदस्यहरु सकरात्मक रहेको जानकारी दिनु हुदै श्रेष्ठले भन्नु भयो यसपालिको दशै चाड शुरु भईसकेको अवस्थामा जात्रा संचालन गर्न छिटै बृहत छलफल गरी अर्को दशैमा जात्रा संचालन हुनेगरी समस्या समाधान गर्ने सहमति भएको जानकारी दिनु भयो ।
विगतमा राजनैतिक कारणले रोकिएको जात्रा पछि संचालन भईरहेकोमा केही बर्ष अघि देखि पुनः रोकिएको हुँदा दुई बर्ष अगाडि भी न पा २ का वडाध्यक्ष विराजमानको पहलमा स्थानीयस्तरमा प्रयास भएकोमा हाल काठमाडौमा बसोवास गर्ने दोलखाबासीहरु पनि रोकिएको हिपाथामी जात्रा दशैमा पुनः संचालन गर्ने प्रयासमा रहेकाछन । दशैको बेला हिपाथामी जात्राका समूह नआए पनि सकेसम्म खडग जात्राको दिन हिपाथामीको अभाव महसुस हुन नदिनका लागि स्थानीय युवा त्यतिबेला देखि लागिपरेकोमा यसबर्ष पनि त्यसको निरन्तरता हुने विश्वास रहेको कुरा भीमेश्वर गुठी समिति संग सम्वद्ध एक गुठियारले दावि गरे ।
बडादशै पर्बमा महानवमीको बेलुका हिपाथामी समुदाय दलबल सहित दोलखा बजारमा आउने र बिजया दशमीको दिन विहान हिपाथामी समुदाय मध्येका नायक र उपनायक समेत गरि ४ जना देबदूतको रुपमा काम्ने गर्दछन । यस विहान भीमेश्वर मन्दिरमा अघिल्लो दिन शुरु भएको बलि पूजा टोलि बाजा गाजाका साथ जब फर्केपछि हिपाथामी टोली काम्दै भीमेश्वर मन्दिर पृष्ठभागमा रहेको त्रिपुरासुन्दरी देबीको मन्दिर पुगेर बलि दिदै गरेको राँगोको तातो रगत पिएको दृश्यलाई यो हिपाथामी जात्राको विशेष आकर्षणको रुपमा लिइन्छ । यसपछि राजकुल तलेजु मन्दिर र नक्क्षेको डबलीमा थामी जात्राका बिविधि बिधि विधान पश्चात दोलखामा औपचारिकरुपमा आफूभन्दा ठूलोबाट टिका लाउने कार्य शुरु गर्ने चलन रहेको छ । भोलिपल्ट एकादशीको दिन दोलखामा विहान देखि खड्ग जात्रा शुरु हुन्छ । यस दिन त्रिपुरासुन्दरी भगवती मन्दिरमा काटिएको राँगोको टाउको हिपाथामी टोलिले काँधमा बोकेर देबगणको रुपमा खडगजात्रा भन्दा अघि अघि जाने चलन रहेको पाइन्छ । अन्तमा देबीका पुत्र बटुक सहित खडग सहित खडग धारी देबसेना सवै मिलेर हिपाथामीले बोकेको महिषासुर दैत्यको प्रतीक स्वरुपको टाउको भूँइमा राखेर खडगले प्रहार गरेपछि सामान्त तया दशैको जात्रा समापन भएको मानिन्छ ।
हिपाथामी जात्राको मौलिकता र महत्व सम्वन्धमा अध्ययन अनुसन्धान यो अर्थमा पनि विशेष महत्व छ कि थामीहरूको वंशावली अनुसारको यस जात्राको क्रममा सम्वन्धित थामीहरुले बिभिन्न मन्त्रको साथमा ‘हाइहाइ राजा’, ‘सुइसुइ राजा’, ‘गोल्मा राजा’, ‘पाण्डु राजा’को नामोच्चारण गर्ने गरिने भएकाले पनि यसलाई किरात संस्कृतिकै निरन्तरताका रुपमा मान्ने गरिएको छ । हिपाथामी जात्राको लागि छुटटै गुठी जग्गाको व्यवस्था भएको भनिएतपानि यसवारे वास्तविक कुराको लागि यस सम्वन्धी पुरातात्वीक लगत कागज खोजी अध्ययन अनुसन्धान गर्न लागिएको कुरा समेत साँस्कृतिक अभियन्ता प्रकाश श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

सम्बन्धित समाचार