नेकपा एमाले लुम्बिनी प्रदेशको नेतृत्व सर्वसम्मतिबाट चयन गर्ने प्रयास ,मैदानमा पौडेल र पोखरेल

नेकपा एमाले लुम्बिनी प्रदेशको नेतृत्व सर्वसम्मतिबाट चयन गर्ने प्रयास थालिएको छ।

प्रदेश कमिटीमा नयाँ नेतृत्व लिन नेताहरू आन्तरिक दौडधुपमा लागेका छन् । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुगेर आइतवार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।

बुटवलको रामनगर स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भएकाे अधिवेशनमा प्रदेशका १२ जिल्लाका प्रतिनिधि सहभागी भएकाे एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले बताइन् । अधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि र कार्यकर्ता बुटवलमा गएका थिए।

एमाले लुम्बिनीका नेताहरू आआफ्नो समूह बनाएर शीर्ष नेतालाई भेट्ने, समूहगत भेला गरेर छलफल गर्ने जस्ता गतिविधि गरिरहेका छन्। लुम्बिनीमा एमाले मुख्य दुई समूहमा विभाजित छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोख्रेलको समूहबीच प्रतिस्पर्धा हुने एमाले नेताहरू बताउँछन्।

अध्यक्षमा दुई जनाको सशक्त दाबेदारी भएपछि अन्य पद ओझेलमा परेका छन् । दुवै जनाले दाबी नछाड्ने संकेत देखिएपछि निर्वाचनमा जाने सम्भावना बढी देखिएको प्रतिनिधिहरू बताउँछन् ।

अधिवेशन उद्घाटनका क्रममा दुवैजनाले राखेका अभिव्यक्तिले पनि उनीहरु आफ्नो पकडका लागि सक्रिय रहेको संकेत गर्थ्यो।