शुक्रबार, जेठ १६, २०७७ | Friday, May 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
अफ्रिकी मुलुकबाट उडेर आको यो सलह किरा ।   * शव लैजाँदा शवदाह गृहका कर्मचारीकाे भागाभाग   * रौतहटमा क्वारेन्टाइन बनाउने बिषयमा झडप: प्रहरीद्वारा १२ राउन्ड हवाई फायर   * रौतहटमा थप १७ जनामा कोरोना पुष्टि: रौतहटमा सङ्क्रमितकाे संख्या १२५ पुग्यो   * लकडाउन खुलेको ३० दिनभित्र अदालत जाने मौका: हद म्याद नलाग्ने   * लोककल्याणकारी विज्ञापन अनलाइन समाचार माध्यमलाई पनि दिईने   * रेलमार्गका लागि ६६ अर्ब:विमानस्थलका लागि १९ अर्ब   * कर्मचारीलाई घुम्न प्रोत्साहन गरिने   * आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा (लाईभ हेर्नुहाेस)   * नयाँ व्यवसाय सुरु गर्नेलाई २ प्रतिशत ब्याजदरमा ऋण   *
[bsa_pro_ad_space id=33]
शुक्रबार, जेठ १६, २०७७ Friday, May 29, 2020
प्रदेश नं ३

आज बडा दशैको महानवमी पर्व , वर्षमा एकदिन खुल्ने तलेजु मन्दिरमा भक्तजनको भीड

२०-आश्विन-२०७६ | ०८:५६:५९ am

काठमाडौँ ,बर्णन संवाददाता । आश्विन शुक्ल नवमीका दिन आज बडा दशैको महानवमी पर्व नेपालका हिन्दू धर्मालम्वीहरुले हर्षोल्लासका साथ शक्तिकी देबी दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाउँछन् । नवरात्री शुरु भएको नवौ दिन महानवमीमा नव दुर्गा माताको मन्दिरमा पूजालगायतका विबिध धार्मिक र परम्परागत कार्य सम्पन्न घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुराको भाले र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत , चण्डि एवं देवी स्तोत्र पाठ समेत गर्ने गरिन्छ । पशुबलि नदिनेले भने आज आ–आफ्नो कुल परम्पराअनुसार , हाँस र कुखुराको अण्डा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा भएको नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।

देशको अधिकांश स्थानमा महाअष्टमीको दिनमा नै पशु बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको ९वध० ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगा समेतको पञ्चबलि दिने गरिन्छ ।

महानवमीका अवसरमा राज्य अन्तर्गतका कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ । यस अवसरमा काठमाडौको हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएकोछ । हनुमानढोका दरबार परिसरमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक आज महानवमीका दिन मात्र खुल्ने भएकोले आज यहाँ सर्बसाधारण दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको ठूलो भीड लाग्छ ।

तलेजु भवानी दर्शन गर्न चाहने भक्तजन आज बिहानै लाममा बस्न जाने गर्छन् । आज लाम बसेका सबै भक्तजनलाई देवीको दर्शन गर्न दिइन्छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने गर्छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: