बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
समाचार

यी हुन नेपाली सेनाकी एकमात्र महिला पाइलट निरु ढुंगाना (भिडियो हेर्नुस)

२०-आश्विन-२०७६ | ०५:२६:४० am

काठमाडौं, बर्णन संवाददाता ।

झण्डै एक लाख संख्या रहेकोमा नेपाली सेनामात्यसमा महिला ५ हजार जति छन्। त्यस्तै सेनासँग हवाईजहाज र हेलिकोप्टर उडाउने ४३ पाइलट सेवारत छन्। त्यस मध्ये निरु ढुंगाना नेपाली सेनाकी पहिलो र एक मात्र महिला पाइलटको रुपमा चिनिएका छन् । अमेरिकाको टेक्सासबाट २० महिने पाइलट कोर्ष सकेर फर्किए लगत्तै २०६८ सालमा नेपाली सेनामा भर्ति भइन्। त्यसयता निरुले नेपाली सेनाको विशेष खालको सैनिक बिमान (स्काई ट्रक )उडाउदै आएकी छन्। उनी सेनाकी मेजर (सेनानी )हुन्।

निरु सेनाको स्काइ ट्रक लिएर त्रिभुवन विमानस्थलबाट देशभरका विमानस्थल पुग्छिन्।

निरुको भनाई अनुसार नेपालको डाडाकाँडा धरातल अनि नेभिगेसन सिस्टमको अभाव र छिन छिनमा बदली भैरहने मौसम भने जहाज उडाउन नेपालमा अत्यन्त चुनौतीपूर्ण छ। निरु ढुंगाना सानैदेखि आकाशमा उड्न चाहान्थिन्। त्यसका लागि उनलाई पाइलट नै बन्नु थियो।
उनका शिक्षक पेशामा रहेका बुवाले पनि निरुको चाहाना पुरागर्न भरपुर साथ दिए।

‘तराई क्षेत्रमा जहाज उडाउन तुलनात्मक रुपमा सहज भएको बताउँछिन्। त्यसो त उनका श्रीमान् सरोज थापा पनि उनी संगै सेनामै छन्। सरोज हेलिकप्टर सम्वन्धी इन्जिनियर हुन्।

Leave a Reply

सम्बन्धित समाचार