बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
अन्तर्राष्ट्रिय

प्रियंकासँग फिल्ममा खेल्न सलमानले मानेन , बलिउड तरंगित अवस्थामा

२०-आश्विन-२०७६ | ०४:३०:२६ am

मुम्बई, बर्णन संवाददाता । भारतीय चलचित्र उद्योगमा नामले मात्र ब्राण्ड बनेका फिल्म अभिनेता सलमान खानका कारण अहिले बलिउड तरंगित अवस्थामा छ ।
प्राप्त पछिल्लो समाचार अनुसार, सलमान खानले चर्चित नायिका प्रियंका चोपडासँग चलिचत्र खेल्न अस्वीकार गरेका छन् ।

सामान्यतया अभिनेता सलमानलाई जति नरम स्वभावको मानिन्छ, त्यति नै खास अवस्थामा उनको कडा रिसको पनि चर्चा चल्ने गरेको छ। यदि कोहीसँग रिस उठे सलमानले त्यसलाई निकै गम्भीरतापूर्वक लिएर तत्काल प्रतिक्रिया दिने गर्छन् ।

के भएको रहेछ त प्रियंकाको विषयमा ?

एक जमानामा कथानक चलचित्र भारतमा प्रियंकालाई अभिनेत्रीको रुपमा अनुबन्धित गरिएको थियो । तर अन्तिममा आएर प्रियंकाले चलचित्र छोडिन । यसबाट चलचित्र निर्माण नै संकट अवस्थामा पुग्यो । त्यसपछि सलमानले अर्का अभिनेत्री क्याटरिना केफलाई चलचित्रमा उनको स्थान दिए । तर उनले प्रियंकाको यही धोकालाई सलमानले बिर्सेका रहेनछन्।

प्रियंकाको यो कदमपछि उनले सार्वजनिकरुपमा केही नभनेपनि उनले अहिले निर्माण हुन लागेको चलचित्र राधेमा भने त्यति खेरको बदला सलमानले लिएको कुरा बलिउडमा सर्वत्र चर्चा चलिरेहेको छ ।

अहिले भने सलमान दबंग ३ का निर्माणका लागि व्यस्त छन ।अब आउने इदमा रिलिज हुने घोषणा गरिएको चलचित्र राधेको पनि तयारी चलेको छ । यो चलचित्र सफल कोरियन चलचित्र द आउटलाजको हिन्दी रिमेक हो । सलमान यसमा प्रहरी अधिकृत हुनेछन् ।
चलचित्र राधेका लागि सलमानको जोडी खोज्ने क्रममा प्रियंकाको नाम प्रस्ताव गर्ने क्रममा सलमानले यो कुरै नसुनी प्रस्ताव सिधै खारेज गरे पछि बलिउडमा यो चर्चा चुलिएको छ।

अब यस चलचित्रमा प्रियंकाको स्थानमा कसलाई ल्याइन्छ त्यो भने हेर्न बाँकी नै छ । तर यो अप्रत्यासित घटनाले प्रियंका र सलमानका बीचको दूरी अझै बढने  अनुमान बलिउडमा गरिँदैछ ।

Leave a Reply

सम्बन्धित समाचार