बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
न्याय/कानुन

अन्ततः महरा पक्राउ पर्ने निश्चित , रोसनीको किटानी जाहेरीले प्रहरी पक्राउ मार्ग प्रसस्त

१९-आश्विन-२०७६ | ०१:३४:१२ pm

काठमाडौं, बर्णन संवाददाता । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाही माथि मापसे गरी यौन दुव्र्यवहार गरेको आरोप लागेका निबर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योग गरेको किटानी उजुरी दर्ता भएसँगै प्रहरी कारवाही अगाडि बढाउन मार्ग प्रसस्त भएकोले महरालाई पक्राउ गर्ने अन्तिम तयारीमा रहेको प्रहरी श्रोतले जानकारी दिएको छ।

नयाँ बानेश्वर प्रहरी वृत्तमा शनिबार पीडित महिलाले महराविरुद्ध जबरजस्ती करणी उद्योग गरेको आरोप सहित उजुरी दिएपछि नै प्रहरीले महरालाई पक्राउ गर्न माथिल्लो निकायको आदेश पर्खिरहेको प्रहरी श्रोतले बताएको छ । महरालाई पक्राउ गर्ने अन्तिम गृहकार्य अन्तर्गत उच्च पदस्थ प्रहरी अधिकारीले गृहमन्त्री रामबहादुर थापासँग परामर्श गरिरहेको जानकारी दिएको छ। प्रहरी श्रोतका अनुसार गृहमन्त्री थापाको ग्रिन सिग्नल पाउना साथ महरालाई पक्राउ गरी प्रहरीले थुनामा राख्नेछ। तर पक्राउ गर्नुअघि महरालाई संसद सदस्यबाट समेत निलम्वन गर्नुपर्ने भएकोले पनि केही समय लाग्न सक्ने बताइन्छ । महरामाथि लागेको आरोप अदालतवाट पुष्टि भएमा प्रचलित कानुन अनुसार उनलाई कम्तिमा ३० हजार जरिवानासहित तीन बर्ष कैद हुन सक्नेछ ।

Leave a Reply

सम्बन्धित समाचार