शुक्रबार, जेठ १६, २०७७ | Friday, May 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
कपिलवस्तुमा नौ र दाङमा दुइ जना संक्रमित थपिए   * लिपुलेक विवादको सन्दर्भमा नेपाली सेनाले जारी गर्याे विज्ञप्ति   * अफ्रिकी मुलुकबाट उडेर आको यो सलह किरा ।   * शव लैजाँदा शवदाह गृहका कर्मचारीकाे भागाभाग   * रौतहटमा क्वारेन्टाइन बनाउने बिषयमा झडप: प्रहरीद्वारा १२ राउन्ड हवाई फायर   * रौतहटमा थप १७ जनामा कोरोना पुष्टि: रौतहटमा सङ्क्रमितकाे संख्या १२५ पुग्यो   * लकडाउन खुलेको ३० दिनभित्र अदालत जाने मौका: हद म्याद नलाग्ने   * लोककल्याणकारी विज्ञापन अनलाइन समाचार माध्यमलाई पनि दिईने   * रेलमार्गका लागि ६६ अर्ब:विमानस्थलका लागि १९ अर्ब   * कर्मचारीलाई घुम्न प्रोत्साहन गरिने   *
[bsa_pro_ad_space id=33]
शुक्रबार, जेठ १६, २०७७ Friday, May 29, 2020
अर्थ वाणिज्य

एक बैङ्कको एटीएम अर्को बैङ्कमा चल्न थाल्यो

१९-आश्विन-२०७६ | १२:०२:०८ pm

काठमाडौं, बर्णन संवाददाता ।
चिनियाँ ह्याकरले नेप्सको सिस्टम नै ह्याक गरी विभिन्न बैङ्कको रकम चोरेपछि बन्द रहेको अन्तर बैङ्क एटीएम सेवा पुनः शुरु भएको छ ।दसैँ तिहारलाई मध्य नजर गर्दै अन्तर बैङ्क एटीएम खुला भएको हो ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम नेप्स मा १८ बैक आबद्ध छन् । यी सबै बैङ्कको एक बैङ्कको एटीएम अर्को बैङ्कमा चल्न थालेको छ । महिना दिन अघि मात्र चिनियाँ ह्याकरहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम नेप्स को सिस्टम ह्याक गरी विभिन्न बैंकबाट साढे ३ करोड रुपैयाँ चोरेर निकाले पछि एक बैंकका कार्ड अर्को बैंकमा चल्न बन्द भएका थिए । जसअनुसार गत भदौ १४ गतेदेखि यी बैंकका कार्ड आफ्नै बुथमा मात्रै ग्राहकले पैसा निकाल्न सक्थे ।

नेप्सको सिस्टममा सुधार आएर एक बैंकको कार्ड अर्को बैंकमा चल्न थालेपछि ग्राहकले राहतको महशुस गरेका छन् ।
‘आजदेखि नेप्समा आवद्ध भएका बैंकहरुबीच एक बैंकको कार्ड अर्को बैंकमा चल्न थालेका छन्,’ राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बर्णन मिडिया प्रतिनिधि सँग भने, ‘दशैंमा ग्राहकलाई सहज होस् भनेर हामीले एटीएम खुला गर्न तीब्र दबाब दिएका थियौं ।’

प्रभु, माछापुच्छ्रे, ग्लोबल आइएमई, सनराइज, एनबी, जनता, सिटिजन, बैङ्क अफ काठमाण्डू, एनआइसी एशिया, प्राइम, सिद्धार्थ लगायतका बैङ्कहरु नेप्समा आबद्ध एटीएम खुला भएका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: