शुक्रबार, जेठ १६, २०७७ | Friday, May 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
अफ्रिकी मुलुकबाट उडेर आको यो सलह किरा ।   * शव लैजाँदा शवदाह गृहका कर्मचारीकाे भागाभाग   * रौतहटमा क्वारेन्टाइन बनाउने बिषयमा झडप: प्रहरीद्वारा १२ राउन्ड हवाई फायर   * रौतहटमा थप १७ जनामा कोरोना पुष्टि: रौतहटमा सङ्क्रमितकाे संख्या १२५ पुग्यो   * लकडाउन खुलेको ३० दिनभित्र अदालत जाने मौका: हद म्याद नलाग्ने   * लोककल्याणकारी विज्ञापन अनलाइन समाचार माध्यमलाई पनि दिईने   * रेलमार्गका लागि ६६ अर्ब:विमानस्थलका लागि १९ अर्ब   * कर्मचारीलाई घुम्न प्रोत्साहन गरिने   * आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा (लाईभ हेर्नुहाेस)   * नयाँ व्यवसाय सुरु गर्नेलाई २ प्रतिशत ब्याजदरमा ऋण   *
[bsa_pro_ad_space id=33]
शुक्रबार, जेठ १६, २०७७ Friday, May 29, 2020
अन्तर्राष्ट्रिय

नेपाली मूलकी अस्मिता आले इंग्ल्याण्डको महिला यू–१९ राष्ट्रिय टिममा

१८-आश्विन-२०७६ | १०:३९:०२ am

काठमाडौं, बर्णन संवाददाता ।

युरोपियन मुलकु इंग्ल्याण्डमा महिला फुटबलको माथिल्लो श्रेणीको प्रतियोगिता हो, वुमन्स एफए कप। यो प्रतियोगितामा भागलिएर नेपाली मुलकी अस्मिता आले विगत तीन वर्षदेखि निकै मेहनत गरिरहेकी छिन्। एस्टन भिल्लाबाट खेलिरहेकी अस्मिता छनोट अन्तर्गत साइप्रस, बेलारुस र सर्वियासँगको खेलका लागि टिममा परेकी हुन् ।

पुर्ख्यौली घर दमौली , तनहुँ भएकी अस्मिताले गत सोमबार इंग्ल्याण्डको यू–१९ टोलीमा आफ्नो स्थान बनाउन सफल भएकी छिन्। तर, बुधबार राति यूएफा यू–१९ महिला छनोटको पहिलो खेलमा इंग्ल्याण्डले साइप्रससँग उत्कृष्ट तरिकाले खेलेको खवर मिडियाहरुमा आएपछि भने उनको चर्चा नेपालमा एक्कासी बढेको छ।

विश्वका अरु क्षेत्रभन्दा युरोपमा फुटबल खेल निकै समुन्नत र लोकप्रिय छ। यही महादेशको फुटबलको सर्वोच्च निकाय हो, यूरोपियन फुटबल फेडेरेशन ९यूएफा०, जसले आयोजना गर्ने च्याम्पियन्स लिगलाई विश्वमा सबैभन्दा बढी हेरिने फुटबल प्रतिस्पर्धामध्ये एक मानिन्छ।

यूएफाले नै आयोजना गर्ने प्रतियोगिता हो, यूएफा यू–१९ महिला च्याम्पियनसिप। यसकै छनोटमा प्रतिस्पर्धा गरिरहेका मध्ये उपाधि दाबेदार टोली इंग्ल्याण्ड हो। यही इंग्ल्याण्डको उमेर समूहको टोलीबाट नेपाली मुलकी १७ वर्षिया डिफेन्डर अस्मिताले स्थान बनाएपछि उनको चर्चा चुलिएको हो।
पूर्व गोरखा सैनिकको छोरी १७ वर्षीय अस्मिताले इंग्ल्याण्डको यू–१६ टोलीबाट समेत खेलिसकेकी छिन् ।

अस्मिताका बुबा अमृत आले क्विन्स गोरखा सिंगलका सैनिक हुन् । तनहु दमौलीका अमृत स्क्वासको राष्ट्रिय खेलाडी हुन् । आठौं दक्षिण एसियाली खेलकुद ९साग० टिमको बन्द प्रशिक्षण अमृत पनि रहेका थिए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: