वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु

वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु

कोशीमा हिजाेदेखि बजेट होलिडे,अब के होला ?

कोशी प्रदेशमा हिजाेबाट बजेट होलिडे सुरु भएको छ । सत्ता राजनीतिको हानथाप राजनीतिक गन्जागोलले कोशी प्रदेश 'बजेट शून्यता' मा पुगेको छ ।

https://barnanmedia.com/detail/1693261826-b-lab-l-3z-23-08-29

गौर घटना प्रकरणमा उपेन्द्र यादव र प्रभु साह आमनेसामने

१७ वर्षअघि तत्कालीन माओवादीका नेता, कार्यकर्तासमेत मारिएका गौर घटनामा जसपा अध्यक्ष उपेन्द्र यादव र आम जनता पार्टीका अध्यक्ष प्रभु साह आमनेसामुने भएका छन् । साह त्यतिखेर माओवादी थिए भने उपेन्द्र तत्कालीन मधेशी जनअधिकार फोरमका नेता थिए । २०६३ चैत ७ गते रौतहटको गौरमा २७ जनाको हत्या भएको थियो ।

https://barnanmedia.com/detail/1693262877-u-aa-ma-23-08-29

आज - १२ भाद्र २०८० मंगलवार को राशिफल

 
 

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफन्तजन सँग मनमुटाब बढ्नेछ सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला । विद्यामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वादिष्ट भोजन पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

https://barnanmedia.com/detail/1693265088-aa-l-l-y8-23-08-29

बडिमालिकाका तीर्थयात्रा सुरु

धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडिमालिकाको तीर्थयात्रा सुरु भएको छ । कालीकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धामको मेला भर्न तीर्थालुले यात्रा सुरु गरेका हुन् ।

हरेक वर्ष शुक्ल चतुर्दशीका दिन मेला लाग्ने बडिमालिकामा बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट पूजा सामग्रीसहित सरकारी टोली तीर्थयात्रा जाने गरेको र त्यसका लागि कालीकोटबाट पुजारीसहितको टोलीलाई केही दिनअघि नै पूजा सामग्रीसहित बिदाइ गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिनुभयो ।

https://barnanmedia.com/detail/1693266864-bl-ns-23-08-29

शौचालय नभएपछि सेवा सुविधा रोक्का

कपिलवस्तुको विजयनगर गाउँपालिकाले शौचालय नबनाउने वडाध्यक्षसहित कर्मचारीको सेवा सुविधा रोक्का गरेको छ ।

खानेपानी तथा सरसफाइ कार्यविधि, २०७६ बमोजिम वडा नं १ अध्यक्ष इन्नर चौधरीसहित कर्मचारी शिक्षकको सेवा सुविधा रोक्का गर्न सिफारिस गरिएको छ । खानेपानी तथा सरसफाइ कार्यक्रमका वास संयोजक अर्जुन बेल्वासेसहितको टोलीले जनप्रतिनिधि र कर्मचारीको घरमा शौचालय भए÷नभएको निरीक्षण गरेको थियो ।

सर्वोच्चमा शर्माको सिफारिसले देखियो प्रधानन्यायाधीशको श्रेष्ठको बुद्धिमत्ता, अब सुवेदी र बागचन्दको पालो

 प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको नेतृत्व सम्हालेपछि एकपछि अर्को प्रशंसदीय कदम चालिरहेका छन् । प्रधानन्यायाधीश नियुक्ति भएपछि पहिलो निर्णय नै उनले पेसी तारिखलाई स्वचालित प्रणालीबाट गर्ने भनेका थिए । नभन्दै सोमबार उनले त्यसको उद्घाटन गरेका छन् । कर्मचारीको स्वविवेकमा चल्ने पेसी तारिखको प्रणाली अब कम्प्युटरले चलाइदिनेछ ।

https://barnanmedia.com/detail/1693269377-l-b-ab-b-l-yd-23-08-29

आगलागीबाट ४५ लाख क्षति, बैङ्किङ कसुरमा पक्राउ

ललितपुर महानगरपालिका–२० कुमारीपाटीस्थित सुनाकोठीस्थित एक कन्सल्टेन्सीमा आज आगलागी हुँदा झण्डै ४५ लाखको क्षति भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले स्थानीय ४० वर्षीय पुष्पराज पौडेलको एजुकेसनल कन्सलटेन्सी नेटवर्क प्रालिमा विद्युत् ‘सर्ट’ भई आज आगलागी भएको जानकारी दिनुभयो ।

मन्दिरबाट हराएकी बालिका मृत फेला

भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की तीन वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी छन् । आमा भजन सुनिरहेको बेला स्थानीय केदारेश्वर मन्दिर बाहिर खेलिरहेकी निर्जला आज दिउँसो १२ बजेतिर एकाएक हराएकी थिइन् ।

खोजतलास गर्दा उनलाई नजिकैको पक्की नालामा डुबेर मृत्यु भएको भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताउनुभयो । रिजालका अनुसार शव फेला परेको स्थान घर र मन्दिरबाट पाँच सय मिटरको दूरीमा रहेको छ ।

उपप्रधानमन्त्री खड्कासँग भारतको एडिसीका शिक्षार्थीको शिष्टाचार भेट

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भारतको नेसनल डिफेन्स कलेज (एनडिसी), नयाँदिल्लीका एयर भाइस मार्सल मनिषकुमार गुप्ता, एभिडिएसएम, एसडिएस (एयर) एनडिसी नेतृत्वमा शिक्षार्थी सम्मिलित १६ सदस्यीय भ्रमण दलका सदस्यहरूले शिष्टाचार भेट गर्नुभएको छ ।

आज रक्षा मन्त्रालय सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिका मूल्यमान्यता नेपालको परराष्ट्र नीति सञ्चालनका आधारका रूपमा रहेको बताउँदै सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले नेपालको परराष्ट्र सम्बन्धलाई मार्गदर्शन गरेको उल्लेख गर्नुभयो ।

कटुवा पेस्तोलसहित किशोर पक्राउ

सुनसरीको बर्जु गाउँपालिका–६ बाट कटुवा पेस्तोलसहित प्रहरीले आज एक किशोरलाई पक्राउ गरेको छ ।

बर्जु–६ स्थित बेलहा टोलमा बस्दै आएका १८ वर्षीय किशोरलाई कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने गोली एक राउण्डसहित पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

समाजवादी मोर्चाले पोखरामा सन्देशसभा आयोजना गर्ने

समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ ।

पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्षनेताले सम्बोधन गर्नुहुने जनाइएको छ ।

आज देखि गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्ली उडान गर्दै

नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्ने भएको छ । गत जेठ ३० गतेदेखि निगमले साताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौं उडान गर्दै आएको छ ।

मंगललबारदेखि सोही जहाजमा भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौं ल्याएर निगमकै अर्को उडानबाट गन्तव्यमा पठाउन लागिएको हो ।

सुनसान छन् बागलुङका घरबास

बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ ।

घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन् पर्यटकीयस्थल वरपर सञ्चालनमा आएका घरबासले आगन्तुकलाई सहज हुनुका साथै स्थानीयलाई रोजगारको अवसर पनि मिलेको छ । अहिले घरबासमात्रै होइन, जिल्लाका पर्यटकीयस्थल पनि सुनसानजस्तै छन् ।

हार्दिकता बढाएको संसदीय समिति निर्वाचन...

प्रतिनिधिसभा मातहतका १० वटा विषयगत समितिको सभापति पदको यसपटकको निर्वाचनले दलहरूबीचको द्वन्द्व र प्रतिस्पर्धालाई अन्त्य गर्दै हार्दिकता प्रदान गरेको छ ।

पछिल्लो सुन प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच संसदीय छानबिन समिति गठन गर्ने कि नगर्ने भन्नेमा विवादसँगै लामो समयसम्म सदन अवरुद्ध भई देखिएको चिसोपनलाई सभापति निर्वाचनले हटाउन सफल भएको छ । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले संसदीय समितिको निर्वाचनमा दलहरूबीच देखिएको सहमतिले देश र जनहितका राष्ट्रिय मुद्दा सहकार्यका साथ अघि बढ्न सकिन्छ भन्ने स्पष्ट सङ्केत गरेको प्रतिक्रिया दिनुभयो ।

सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्मा सिफारिस

सर्वोच्च अदालतको न्यायाधीशमा न्यायपरिषद्ले विनोद शर्मालाई सिफारिस गरेको छ ।

आइतबार बसेको न्यायपरिषद्को बैठकले सर्वोच्चमा रिक्त न्यायाधीश पदमा शर्मालाई नियुक्ति गर्न पुनः सिफारिस गरेको हो ।

अघिल्लो वर्ष कायममुकायम प्रधानन्यायाधीश दीपकराज कार्कीको अध्यक्षतामा बसेको परिषद्को बैठकले २०७९ भदौ २१ गते जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश शर्मासहित तुल्सीपुर उच्च अदालतकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित र नेपाल ल क्याम्पसका प्राध्यापक डीएन पराजुलीलाई सर्वोच्चमा नियुक्ति गर्न सिफारिस गरेको थियो ।

डेङ्गु सङ्क्रमणबाट मृत्यु

बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो ।

एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उहाँलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए । भारतबाटै डेङ्गुको सङ¬्क्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी हुननसकेको वडाध्यक्ष रानाले बताउनुभयो ।

तारकेश्वरको विकास योजना आयोगको उपाध्यक्षमा डा.घिमिरे

तारकेश्वर नगरपालिकाको विकास योजना आयोगको उपाध्यक्ष पदमा डा कृष्णबहादुर घिमिरे नियुक्त हुनुभएको छ । तारकेश्वरले विकास योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०८० अनुसार सोमबार उहाँ आगामी तीन वर्षका लागि सो पदमा नियुक्त हुनु भएको हो ।

तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जनले डा घिमिरेलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । यसअघि निजामती क्षेत्रमा कार्यरत डा घिमिरेले गत साउन १० गते उमेरहदका कारण अनिवार्य अवकाश लिनुभएको थियो ।

भोलिबाट एमसिसी सम्झौता लागू हुने

अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ । गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) को सञ्चालक समिति बैठकले भदौ १३ लाई इआइएफ मिति तोकेको एमसीए नेपालले जानकारी दिएको छ ।

https://barnanmedia.com/detail/1693284119-lb-e-l-cy-23-08-29

अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी

 व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् ।

स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् ।

खुर्सानी स्थानीय बजारमा प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सय ५० सम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुसार्नीको खेती गरिरहेका छन् ।

माओवादी रुपान्तरण भए देश रुपान्तरण हुन्छ : प्रधानमन्त्री प्रचण्ड

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीलाई रुपान्तरण गरेर मात्रै देश रुपान्तरणको आधार तयार पार्न सकिने बताएका छन्। प्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादी रूपान्तरण अनिवार्य सर्त भएको बताए।

मंगलबार बिहान राष्ट्रिय सभागृहमा पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देश रुपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानलाई सुरुवात गरिएको बताए।

वासमतीको चामल निर्यातमा भारतले लगायो प्रतिबन्ध

भारतले बासमती चामलको निर्यातमा पनि प्रतिबन्ध लगाएको छ । भारत सरकारले आइतवार १२ सय डलरभन्दा कम अर्थात् प्रतिटन एक लाख रुपैयाँको मूल्यमा निर्यातमा प्रतिबन्ध लगाएको हो । विश्वको सबैभन्दा ठूलो चामल निर्यातक भारतको यो कदम भारतीय बजारमा मूल्य घटाउने उद्देश्यले उठाइएको बताइएको छ ।

जुलाईमा नै भारतले बासमतीबाहेक अन्य जातका सादा चामल निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । शुक्रबार नै भारतले उसिना चामल निर्यातमा २० प्रतिशत भन्सार लगाएको थियो । प्रतिबन्धलगत्तै केही व्यापारीले बासमतीको लेबल लगाएर अन्य जात पनि निकासी गरेको सरकारी विज्ञप्तिमा उल्लेख छ । भारत सरकारले प्रतिबन्धका बाबजुद पनि यो वर्ष चामल निकासी निकै उच्च भएको देखिएको बताएको छ ।

६० किलो सुन अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा समिति गठन

६० किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न प्रहरीले अतिरिक्त महनिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ। प्रहरीका महानिर्देक वसन्त कुँवरले सिआईबीकी निर्देशक समेत रहेकी बज्राचायृको नेतृत्वमा समिति गठन गरेकी हुन्।
हुन् ।

समितिमा विशेष ब्युरोका डिआइजी रामदत्त जोशी र एसपी कृष्ण कोइराला सदस्य छन् । धनकुटामा कार्यरत प्रहरी उपरीक्षक कोइरालालाई सङ्गठित अपराध अनुसन्धानमा जानकारको रूपमा अनुसन्धान गर्न बोलाइएको हो ।

आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढ्याे

नेपाली बजारमा आज पहेँलो धातु सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

आज (मंगलबार) बढेको भाउ सहित छापावाल सुन प्रतितोला एक लाख ११ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यमवसायी महासंघले जनाएको छ ।छापावाल सुन अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार एक सयमा कारोबार भएका थियो ।

बागमती प्रदेशसभाको बैठक भदौ १८ का लागि आह्वान

बागमती प्रदेशसभाको बैठक अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।

सोही दिनको ११ः३० बजे संसद् सचिवालयमा कार्यपरामर्श व्यवस्थापन समितिको बैठक बसेर अपराह्नमा बस्ने संसद् बैठकको लागि कार्यसूची तयार पार्ने भएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो । गत असार २१ गते बसेको प्रदेशसभाको बैठकले सरकारको विभिन्न दुई वटा विधेयक पारित गरिएपछि अर्को सूचना जारी नभएसम्मको लागि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गर्नुभएको थियो ।

मानव अधिकारकर्मी बरालको निधन

पोखरामा रही मानवअधिकार तथा सामाजिक न्यायका सवालमा विगत पाँच दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा आज निधन भएको छ ।

बराल सशस्त्र द्वन्द्वको समयमा पोखरामा स्थापना भएको नागरिक समाजको सञ्जालका एकजना संस्थापक तथा पूर्वसंयोजकका साथै महिलाविरुद्धको हिंसा, दाइजो विरोधी अभियान, असमानता तथा कुरीतिविरुद्धका सामाजिक पहलका साथै विभिन्न किसिमका विभेदविरुद्ध क्रियाशील हुनुहुन्थ्यो । सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार तथा मानवीय कानुनको उल्लङ्घनका घटनाको अनुगमन, लोकतन्त्रको स्थापनाका लागि भएको आन्दोलन, द्वन्द्वपीडितका अधिकारका सवालमा उहाँले भूमिका निर्वाह गर्नुभएको थियो ।

गौहत्याको विरोधमा सरकारलाई राप्रपाको ज्ञापनपत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा आज देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

पछिल्लो समय राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य भएको भन्ने समाचार आइरहेकाले गौहत्याको विरोधमा आज सरकारलाई ज्ञापनपत्र बुझाइएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “गाईको हत्याजस्तो जघन्य अपराध भइरहेका समाचार आइरहेकाले यस्तो कार्य रोक्न माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छौँ, गौवंश हत्याको विरोध गरी सामाजिक सद्भाव कायम राख्न यस ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।”

अब समाजवादी गणतन्त्रमा जानुपर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब समाजवादी गणतन्त्रमा जानुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

उहाँले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरिए पनि जनताको गणतन्त्र नभएको बताउँदै समाजवादी गणतन्त्रमा जानुपर्ने भनाइ राख्नुभयो । समाजवादी मोर्चाले मङ्गलबार बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “अहिलेको गणतन्त्र जनताको हो की बुर्जवाको हो अझै टुङ्गो लागेको छैन, हामी समाजवादी गणतन्त्र स्थापना गर्न चाहन्छौँ ।”

भ्रष्टाचार विरुद्ध फाइल मात्र होइन फायर खोल्नु पर्छ : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्व प्रकाश शर्माले भ्रष्ट्राचार विरुद्ध फाइल मात्र नभै फायर खोलेर अघि बढ्नु पर्ने बताएका छन ।

कसैप्रति पूर्वाग्रह नराखी भ्रष्ट्राचारी विरुद्ध प्रहार गर्नु पर्ने उनले बताए । भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी जस्ता काण्डको पर्दाफास गरेको वर्तमान सरकारले अन्य भष्ट्राचारको समेत फायर खोल्नु पर्ने बताए । कांग्रेस कपिलवस्तुले सदरमुकाम तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलामा उनले सो कुरा बताएका हुन । महामन्त्री शर्माले कांग्रेसले निर्दोष मान्छेलाई फसाउन हुन्न र भ्रष्ट्राचारीलाई जोगाउन हुन्न भन्नेमा लागेको बताए । 

गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक स्थगित

गणपूरक सङ्ख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सकिएको छ ।

आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस’ भनी कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्ताव पेश गर्नुभएको थियो । सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्नुभएपछि गणपूरक सङ्ख्या नपुगेको भन्दै सांसदहरू सुमना श्रेष्ठ, दामोदर पौडेल बैरागी र ठाकुर गैरेले नियमापत्ति जनाउनुभएको थियो । सांसदहरूको नियमापत्तिपछि सभामुख घिमिरेले बैठकमा उपस्थित सदस्यको सङ्ख्या एकिन गर्न निर्देशन दिनुभएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको छ । आज दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता शेयर २९ हजार छ सय ४० पटक खरिदबिक्री हुँदा कारोबार रकम रु ८६ करोड ५१ लाख २० हजार चार सय ५२ मा खुम्चिएको छ ।

https://barnanmedia.com/detail/1693307679-l-e-a-sx-23-08-29