शुक्रबार, कार्तिक २९, २०७६ | Friday, November 15, 2019

काठमाडौँ
प्रधानमन्त्री सचिवालयका रिमाल र भट्टराईको राजीनामा स्वीकृत किन भएन ? गम्भिर द्विविधाको अवस्थामा ओली !   * दुग्ध विकास संस्थानमा जागिर खुल्यो, ठूलो संख्यामा कर्मचारीको माग (सूचनासहित)   * विप्वल समूहका इञ्चार्ज पक्राउ   * नायिका रेखा थापाको हात समातेर पछयाउँदै पशुपति शमशेर जबरा   * बंगुरको विर्य बेचेर नेपालमै करोडको कमाई   * कालापानी फिर्ताका लागी अन्तराष्ट्रीय अदालत जाने आधार भेटियो   * देउवाले दिए कडा निर्देशन, भारतविरुद्ध चुइक्क नबोल्न उर्दी   * भगाएर विवाह गर्दा किशोर पक्राउ   * कसरी घटाउने कोलेस्ट्रोल ?   * पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खुल्यो विज्ञापन, ६१ जनाको लागि अवसर   *
शुक्रबार, कार्तिक २९, २०७६ Friday, November 15, 2019
मुख्य​ समाचार

राप्रपाको चुनाव चिन्ह गाईसँग मिल्दोजुल्दो ‘साँढे गोरु’

१८-आश्विन-२०७६ | ०८:०९:३५ am

काठमाडौं, बर्णन संवाददाता। आसन्न उप उपनिर्वाचनको लागि आफ्नो चुनाव चिन्ह गाईसँग मिल्दोजुल्दो ‘साँढे’ चिन्ह अर्को पार्टीलाई निर्वाचन आयोगले प्रदान गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले गम्भिर आपत्ति जनाएको छ।

निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने उप निर्वाचनका लागि निर्वाचन चिन्ह प्रदान गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) लाई साँढे गोरु प्रदान गरेको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा शुक्रबार गएको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटी एक ज्ञापनपत्र बुझाएको छ।

आफ्नो पार्टीको चुनाव चिन्हसँग मिल्दोजुल्दो ‘साँढे’ चुनाव चिन्ह दिएकोमा पार्टीको गम्भिर आपत्ति रहेको तामाङले बताए।

आयोगले यो निर्णय सच्याउनु पर्छ–तामाङले भने। एउटा पार्टीको चुनाव चिन्हसँग मिल्ने चिन्ह अर्को पार्टीलाई दिने बिषय अनुचित भएको तामाङले बताए।

आगामी उपनिर्बाचनमा गाईसँग मिल्दोजुल्दो गोरु, अर्ना, भैसी, घोडा जस्तो चुनाब चिन्हले मतदानमा मतदाता माझ अन्यौलता प्रदान गर्ने हुँदा यस बिषयमा निर्वाचन आयोगले उप निर्वाचन अघि नै सच्याउनु पर्ने राप्रपाको माग रहेको जानकारी छ।

आयोगमा ज्ञापन पत्र लिएर जाने राप्रपाको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष तामाङ, प्रवक्ता सुशील श्रेष्ठ, सहायक महामन्त्री राजाराम बर्तौला र केन्द्रिय सदस्य बिजय खड्का थिए।

प्रमुख आयुक्त थपलियाले यस बिषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको र सच्याउनु पर्ने पक्षहरुलाई सुधार गर्दै जाने प्रतिबद्धता ब्यक्त गरेको प्रतिनिधिमण्डलका सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

Leave a Reply

सम्बन्धित समाचार