आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढ्याे

काठमाडौं। नेपाली बजारमा आज पहेँलो धातु सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

आज (मंगलबार) बढेको भाउ सहित छापावाल सुन प्रतितोला एक लाख ११ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यमवसायी महासंघले जनाएको छ ।छापावाल सुन अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार एक सयमा कारोबार भएका थियो ।

महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख ११ हजार एक सय ५० कायम भएको छ । यसको भाउ अघिल्लो दिन प्रतितोला एक लाख १० हजार पाँच सय ५० थियो ।

त्यस्तै आज चाँदीको भाउ अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।