शुक्रबार, कार्तिक २९, २०७६ | Friday, November 15, 2019

काठमाडौँ
प्रधानमन्त्री सचिवालयका रिमाल र भट्टराईको राजीनामा स्वीकृत किन भएन ? गम्भिर द्विविधाको अवस्थामा ओली !   * दुग्ध विकास संस्थानमा जागिर खुल्यो, ठूलो संख्यामा कर्मचारीको माग (सूचनासहित)   * विप्वल समूहका इञ्चार्ज पक्राउ   * नायिका रेखा थापाको हात समातेर पछयाउँदै पशुपति शमशेर जबरा   * बंगुरको विर्य बेचेर नेपालमै करोडको कमाई   * कालापानी फिर्ताका लागी अन्तराष्ट्रीय अदालत जाने आधार भेटियो   * देउवाले दिए कडा निर्देशन, भारतविरुद्ध चुइक्क नबोल्न उर्दी   * भगाएर विवाह गर्दा किशोर पक्राउ   * कसरी घटाउने कोलेस्ट्रोल ?   * पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खुल्यो विज्ञापन, ६१ जनाको लागि अवसर   *
शुक्रबार, कार्तिक २९, २०७६ Friday, November 15, 2019
प्रदेश

एपीएफ स्कूलद्वारा अभिभावक दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना

१७-आश्विन-२०७६ | ०६:४६:४२ am

काठमाडौं, । नेपाल एपीएफ स्कूल कीर्तिपुरले अभिभावक दिवसको अवसरमा असोज १६ गते विविध कार्यक्रमको आयोजना गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल एपीएफ क्लव हलमा आयोजित उक्त कार्यक्रमको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा विद्यालयको गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्राहरुलाई पुरस्कार प्रदान गरे ।

त्यसअवसरमा उनले आजका बालबालिका भोलीका कर्णधार हुन् भन्दै बिद्यार्थीबर्गले उच्च अनुशासनमा रहि शिक्षा आर्जन गर्न मेहनतकासाथ
लाग्नुपर्ने बताए ।

बालबालिकाको पहिलो पाठशाला नै घरपरिवार भएको बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले विद्यार्थीको मनोभावनालाई बुझेर अभिभावकबर्गले समेत उचित अध्यापन गराउनु जरुरी रहेको बताए ।

उनले हरेक अभिभावकले आफ्ना सन्ततीलाई असल शिक्षाका लागि विद्यालय पठाउने गरेको चर्चा गर्‍दै सोही अनुरुप शिक्षक, शिक्षिकाहरुले समेत आफ्ना विद्यार्थीहरुलाई उच्च अनुशासनमा राख्दै आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताउदै विद्यार्थीबर्गले पनि अथक मेहनत र परिश्रमकासाथ प्रतिस्पर्धाको भावनाले अगाडी बढ्नुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले धन्यवाद ज्ञापनको क्रममा नेपाल एपीएफ स्कूलले बिद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्न मेहनतका साथ लागिरहेको बताए ।

उनले नेपाल एपीएफ स्कुलको स्तरबृद्धिका लागि कीर्तीपुर नगरपालिकाले गरेको सहयोगको प्रशंसा गर्‍दै विद्यार्थीहरुको पठन पाठनमा समेत सहजता हुने कुरा बताए ।

 

कार्यक्रममा विद्यालयका सह–प्रधानाध्यापक युवराज पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्‍दै नेपाल एपीएफ स्कुलले विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको चर्चा गरे ।

उनले सशस्त्र प्रहरी बल नेपाल, शिक्षक, विद्यार्थी र अभिभावक लगायत सबैको सामुहिक प्रयासमा स्कूलले आगामी दिनहरुमा अझै उत्कृष्ट परिणाम हासिल गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य, नाटक लगायतका विभिन्न सांस्कृतिक प्रस्तुती गर्नुकासाथै आफुमा निहित प्रतिभाहरु प्रदर्शन गरेका थिए ।

Leave a Reply

सम्बन्धित समाचार