वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु

वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु

समीक्षा अधिकारीको अष्ट्रेलियाको भिसा किन रद्द भयाे?

गायिका समीक्षा अधिकारीको अष्ट्रेलीयाको भिसा रद्द भएको छ ।

अष्ट्रेलिया सरकारको डिपार्टमेन्ट होम अफेयर्सको वेबसाइटमा भेभो चेक गर्दा समीक्षाको यसअघि लागेको एक वर्षको भिसा देखिएको छैन । फागूपूर्णिमामा अष्ट्रेलीयामा आयोजना भएको कार्यक्रममा पुग्दा समीक्षाले केयर टेकरको रुपमा आफ्नी दिदीलाई पनि साथमा लिएर गएकी थिइन् । तर, उनकी दिदी नेपाल फर्किएकी छैनन् ।

https://barnanmedia.com/detail/1692916098-a-al-0z-23-08-25

ललिता निवास जग्गा प्रकरण : काे काे छन सीआईबीको सिफारिसमा प्रतिवादी बनेका २८६ व्यक्ति?(सूचीसहित)

।बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाउने रायसहित सिआइबीले मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

यसमा संलग्न बाँकी २१ जनाको मृत्यु भइसकेकाले सम्पत्तिबाट बिगो भराउन राय दिएको छ । यी मध्ये २५ जनालाई सीआईबीले पक्राउ गरेको थियो। उनीहरूमध्ये ४ जनालाई हाजिरी जमानीमा छाडिएको थियो। अहिले २१ जना भने हिरासतमै छन्। अन्य फरार सूचीमा छन् ।

https://barnanmedia.com/detail/1692916404-ll-aaiib-b-yx-23-08-25

कोशीमा मुख्यमन्त्रीले पाएको विश्वासको मत असंवैधानिक,मुख्यमन्त्री थापा ३ दिनमै बने कामचलाउ

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतलाई मान्यता दिन अस्वीकार गरेको छ ।

https://barnanmedia.com/detail/1692917362-l-e-ab-b-lu-ol-23-08-25

नैतिकता छ भने कोसीका मुख्यमन्त्रीले राजीनामा दिएर हिँडुन

संविधान कुल्चेर दोस्रो पटक कोसीको मुख्यमन्त्री बनेका कांग्रेस नेता उद्वव थापा राजनीतिक भूमरीमा परेका छन् । असारमा सभामुखको हस्ताक्षरबाट मुख्यमन्त्री भएका थापाको पद सर्वाेच्चले अवैध करार गरिदिएपछि सच्चिनुपर्दथ्यो । सर्वाेच्चले प्रष्ट भनेको थियो, सदनका सभामुखले सरकार गठनमा सहभागी हुन मिल्दैन ।

https://barnanmedia.com/detail/1692918295-l-e-vx-23-08-25

आज - ०८ भाद्र २०८० शुक्रवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पत्ति हराउने र साँझमा खर्च बढ्न सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ सफल यात्राको योग पनि छ ।

https://barnanmedia.com/detail/1692921153-aa-l-1p-23-08-25

नेपालमा लगानीका लागि पहल गर्न जापानी सांसदलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि पहल गर्न जापानी सांसदलाई आग्रह गरेको छ ।

चेम्बरको टोलीले आज नेपालमा भ्रमणमा रहनुभएका सांसदद्वय कोबायाशी काजुहिरो र नागइ मान्बुसँगको भेटमा नेपाल र जापानबीचको कूटनीतिक र आर्थिक सम्बन्ध ऐतिहासिक रहेकाले नेपालमा लगानीका लागि पहल गर्न जापानी सांसदलाई आग्रह गरेको हो ।

भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जापानसँग नेपालको सम्बन्ध आर्थिक तथा व्यापारिक दृष्टिकोणले ऐतिहासिक रहेको बताउनुभयो । “दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७० वर्ष पुग्न लागेको छ, लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

https://barnanmedia.com/detail/1692923699-l-l-l-l-lii-b-aa-vn-23-08-25

कोसीका मुख्यमन्त्री थापालाई सर्वोच्चको दोस्रो थप्पड, के श्रेष्ठले न्यायिक सक्रियता देखाएकै हुन् त ?

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार सम्हालेपछि सर्वोच्च अदालतले लगातार दुई दिन राजनीतिक बेथितिमाथि लगाम लगाउन दुईवटा साहसिक आदेश गरेको छ । श्रेष्ठले मंगलबार पदभार सम्हालेका थिए । बुधबार उनीसमेत संलग्न संवैधानिक इजलासबाट निर्वाचन क्षेत्र विकास कोष कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भयो ।

https://barnanmedia.com/detail/1692923897-lii-l-e-bo-23-08

पर्यटनमार्फत रु एक करोड आम्दानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत रु एक करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो ।

गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीयस्थल भुरुङ तातापानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा सञ्चालित होटलबाट व्यवसाय कर सङ्कलन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

तीन तहको सरकार बीचमा थप समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको मर्म अनुसार तीन तहको सरकार बीचमा थप समन्वय र सहकार्य आवश्यक भएको बताउनुभएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरद्वारा बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘साक्षर कर्णाली प्रदेश तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम’लाई सम्बोधन गर्दै उहाँले यहाँको शिक्षाको स्थिति अन्य प्रदेशभन्दा पछाडि नै रहेकोहुँदा यसलाई माथि उकास्न आवश्यक छ भन्नुभयो ।

पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् ।

निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं २०४१ बाट हात्ती सफारी गर्ने गरिएको हो । यहाँ हात्ती चढ्नकै लागि पर्यटक आउने गर्दथे । तर पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको हात्ती सफारी सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या क्रमशः घट्दै गएको रेवान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभयो ।

https://barnanmedia.com/detail/1692927219-36yf-ma-23-08-25

नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

बिहीबार सम्पन्न बैठकले महाधिवेशनको अगावै युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले यही भदौभित्र सबै जनवर्गीय सङ्गठनका अधिवेशन सम्पन्न गर्ने र आगामी असोजमा मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पूर्वसचिव भीम उपाध्यायविरुद्ध प्रहरीमा मानहानिको उजुरी

र्वसचिव भीम उपाध्यायविरूद्ध चितवन प्रहरीमा उजुरी दर्ता भएको छ। करिब साढे दुई वर्षअघि टिकटकमा राखेको एउटा भिडियोलाई लिएर भरतपुर-१६ की पूर्णिमाया गुरूङले बिहीबार चितवन प्रहरीमा उजुरी दिएकी हुन्।

आफ्नो तस्बिर अनधिकृत रूपमा सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरिएकाले उपाध्यायलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न ती महिलाले माग गरेकी छन्। उपाध्यायले ती महिलाको तस्बिर राख्दै पाँच दिनअघि ‘गोरू खाने धराने’भनेर पोस्ट गरेका थिए।

ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि धारिलो हतियार प्रहार

 सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई एक युवाले धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन्।

झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए। तीन जना युवा सवार एउटा मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा बिहीबार साँझ ७ बजेतिर एक युवाले बञ्चरोले कटुवाललाई अचानक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।

सामाजिक सञ्जालमार्फत रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ

विभिन्न सामाजिक सञ्जालमार्फत रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा बहुदामाई नगरपालिका ८ बस्ने ३० वर्षीय राज कुमार पण्डीत र रौतहट कटहरीया नगरपालिका-१ बस्ने २१ वर्षीय उमेश कुमार यादव रहेका छन् ।

सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्सएपमा जमजम ईलेक्ट्रोनिक्स मार्फत लक्की ड्रमा आईफोन जितेको र कस्टम क्लियरेन्सको लागि पैसा पठाउनु पर्छ भन्दै पीडित महिलालाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा उनीहरुको संलग्नता रहेको खुल्न आएपछि उनीहरुलाई ललितपुर, कुपण्डोल गुसिङ्गालबाट पक्राउ गरेको हो ।

पहिरोले कान्तिलोक पथ अवरुद्ध

कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन कठिनाइ भइरहेको छ ।

ेमौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो गएको स्थान मकवानपुर र ललितपुर जिल्लाको सिमानामा पर्दछ ।

‘आइफोन’ उपहारको आश गर्दा...

 ‘आइफोन’ उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गरे ।

उक्त जानकारीपछि आइफोन पाउने लोभमा महिलाले धमाधम उसले भनेको बैंक खातामा पैसा पठाए । झन्डै आधा करोड रकम जम्मा गरेपछि ती व्यक्ति सम्पर्कविहीन भए । त्यसपछि ठगिएको चाल पाएका पीडितहरूले साइबर ब्यूरोमा दिएको जाहेरीका आधारमा खोजतलास र अनुसन्धान गर्दा पीडितबाट झन्डै आधा करोड रकम ठगी भएको फेला परेको ब्यूरोका प्रहरी उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताउनुभयो ।

https://barnanmedia.com/detail/1692935671-aai-u-aa-my-23-08-25

शनिबार बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने

ओखलढुङ्गाको भुसुने जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखिको अबिरल वर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जङ्गलमा आज बिहान सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले पहिरो पन्छाउन अस्थायी प्रहरी पोष्ट केतुकेबाट प्रहरी टोली खटिएको जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि ओखलढुङ्गा र सोलुखुम्बुबाट राजधानी काठमाडौं र तराईका जिल्लाका लागि छुटेका सवारी ओखलढुङ्गाको मिलनचोक रमाइलोडाँडा क्षेत्रमै रोकिएका छन् ।

बैतडीमा नागरिकता बनाउने कम, राहदानी बनाउने धेरै

 बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क हेर्दा नागरिकता बनाउनेको सङ्ख्या घटेको र राहदानी बनाउनेको सङ्ख्या बढ्दै गएको हो ।

गत आर्थिक वर्ष २०७९÷८० मा छ हजार तीन सय ३८ जनाले नागरिकता बनाएका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । यसमा तीन हजार तीन सय ९६ पुरुष र दुई हजार नौ सय ४२ महिलाले नागरिकता बनाएका हुन् ।

देशैभर मनसुनी वर्षा

हाल मनसुनको न्यूनचापी रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ ।

साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा अवस्थित न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

भारतको उत्तर–पूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६

भारतको उत्तर–पूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । एक प्रहरी अधिकारीका अनुसार बुधवार पुल भत्किँदा अहिलेसम्म मृतकको संख्या २६ पुगेको हो ।

मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तर–पश्चिममा रहेको मणिपुरको साइराङ शहरमा निर्माणाधीन पुल भत्किएको थियो । मृतकहरू सबै घटनास्थलमा काम गर्ने कामदार रहेको बताइएको छ ।

रोपवेले किसानलाई सहज

रुकुम (पूर्व)मा ग्राभिटी गुड्स रोपवेले गर्दा किसानलाई आफ्नो उत्पादन बजारमा पु¥याउन सहज भएको छ । जिल्लाको भूमे गाउँपालिका–४ र ८ मा बनाइएको रोपवेले स्थानीय किसानलाई सहज बनाएको हो ।

विगतमा एक डोको तरकारी बिक्री गरेर घर फर्कन एक दिनभरि लाग्ने गरेकामा रोपवेका कारण अचेल किसानको आधाभन्दा बढी समय बचत हुने गरेको छ । अहिले भूमे –८ कुचिबाङका किसानले आफूले बारीमा उत्पादन गरेको तरकारी रोपवेमार्फत दुई मिनेटमा भूमे–४ को काँडाबगरमा पुर्याउँछन् । जुन ठाउँबाट डोकोमा बोकेर काँडा बगरसम्म पुर्याउँदा पहिले पैदल तीनदेखि चार घन्टा हिँड्नुपरेको कुचिबाङका किसान धनबहादुर बुढाले बताउनुभयो ।

इन्द्रजात्राको अवसरमा नेपालभाषाको गीत प्रतियोगिता, प्रथम हुनेले एक लाख पाउने

इन्द्रजात्राको अवसरमा लिटल स्टार नेपालभाषा गीत प्रतियोगिता हुने भएको छ । ललितपुर महानगरपालिका वडा नं. १६ को कलाकार समितिको आयोजना यही असोज ११ गते बिहीबार उक्त प्रतियोगिता हुने समितिका संयोजक सुरजवीर बज्राचार्यले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमका लागि पाटन म्युजियमको सहयोग रहने जानकारी दिइएको छ । कला क्षेत्रको विकास र परम्परादेखि चलिआएको संस्कृति संरक्षणका लागि प्रतियोगिता गर्न लागिएको ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालभरिका कलाकारहरुले भाग लिन सक्नेछन् । “जुनसुकै जातजाति र वर्गका मानिसले पनि भाग लिन सक्नेछन्”, वडा अध्यक्ष शाक्यले भन्नुभयो । प्रतियोगितामा प्रथम हुने गीतले १ लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने व्यवस्था छ। त्यस्तै, दोस्रोका लागि ७५ हजार र तेस्रोका लागि ५० हजारसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बेष्ट फाइनान्सद्वारा विभिन्न गुठीलाई पाँच लाख सहयोग

नेवारी मौलिक परम्परागत धिमे बाजाको संरक्षणका लागि बेष्ट फाइनान्स कम्पनी लिमिटेडले उपत्यकाका विभिन्न गुठीलाई रु पाँच लाख सहयोग गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० वटा गुठीलाई रु ५० हजारका दरले आर्थिक सहयोग गरेको हो । कम्पनीका प्रमुख लगानीकर्ता गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष राजेन्द्रकुमार शर्माले गुठीका प्रतिनिधिलाई चेक हस्तान्तर गर्नुभयो । उहाँले कला र संस्कृतिको संरक्षण प्रवर्द्धन नभएसम्म मुलुक समृद्ध नहुने भन्दै यस कार्यमा सबै जुट्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले काठमाडौँ उपत्यकाको नेवारी संस्कृति पर्यटनको उपज भएकाले कला र संस्कृतिको जगेर्ना गर्दै राष्ट्रलाई योगदान दिन सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रिगोजिनको मृत्यबारे प्रशासनमाथि लागेका आरोप ‘पूर्णरूपमा झूट’ भएको क्रेमलिनको दावी

क्रेमलिनले रूसमा विद्रोहको नेतृत्व गरेको दुई महिनापछि विमान दुर्घटनामा मृत्यु भएका वाग्नर समूहका प्रमुख येवगेनी प्रिगोजिनको मृत्युको आदेश दिएको भन्ने अफवाहलाई शुक्रबार खण्डन गरेको छ ।

मस्को र सेन्ट पिटर्सबर्गको बीचमा प्रिगोजिन बोकेको निजी विमान दुर्घटना भएपछि क्रेमलिनको संलग्नता हुनसक्ने अनुमान गरिएको छ । पश्चिमा देशहरू, क्रेमलिनका आलोचकहरू र क्रेमलिन समर्थक केही व्यक्तिहरूले मृत्युबारे विभिन्न अड्कलबाजीहरू गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूसँगकाृ कुराकानीमा यो घटनालाई ‘दुःखद’ भन्नुभएको छ र अधिकारीहरूको सम्भावित संलग्नताको बारेमा सार्वजनिक बहसलाई स्वीकार गरिने बताउनुभएको छ । “निस्सन्देह, पश्चिममा, यो अनुमानलाई एक निश्चित कोणबाट प्रस्तुत गरिएको छ । यो सबै सरासर झूट हो,” पेस्कोभले भन्नुभयो ।

अरुण नदीको कटानले भोटखोलमा एक घर विस्थापित, १७ घर पहिराको उच्च जोखिममा

सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा एक घर विस्थापित भएको छ ।

त्यस्तै भोटखोला गाउँपालिका–५ स्थित कपासेमा अरुण नदीको कटानले १७ घर पहिराको उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो । लगातारको वर्षाले अरुण नदीमा बाढीले कटान गर्दा भोटखोला–५ कपासेका १७ घर र एक बाल केन्द्र विद्यालय जोखिममा परेको गाउँपालिका अध्यक्ष भोटेले बताउनुभयो । बाढीले नदी किनार आसपास माटो कटान गर्न थालेपछि तटीय क्षेत्रमा रहेका ती घर बाढीको जोखिममा परेका हुन् । अध्यक्ष भोटेका अनुसार विस्थापित एक घरलाई सुरक्षित स्थानमा सारिएको छ । अरुण नदीबाट भोटखोला गाउँपालिका–४ गोलाबजारदेखि पारिपट्टि रहेको भोटखोला–५ कपासे गाउँ बाढीको जोखिममा परेको हो ।

कर्णाली प्रदेशमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा विस्तार गर्नबारे सम्झौता भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।समझदारीपत्रमा कर्णाली प्रदेशका जनतालाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन तिलगङ्गा आँखा प्रतिष्ठानले कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने सम्झौता भएको हो ।

मानव बेचबिखन नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न निर्देशन

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिनुभएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको निरीक्षण भ्रमणपछि आज आयोजित समारोहमा उहाँले ब्यूरोले गरेको कामको प्रशंसा गर्दै अझै समन्वयात्मकरुपमा प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । मानव तस्कर तथा बेचबिखन अपराधका गतिविधि बढ्दो क्रममा रहेको र त्यसको प्रकृति पनि फरक देखिएकाले सोहीअनुसार रणनीति तय गरी परिचालित हुन पनि उहाँले आग्रह गर्नुभयो । प्राप्त जनशक्ति र प्रविधिको भरपुर उपयोग गरी नतिजा निकाल्ने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो । महानिरीक्षक कुँवरले तस्करी नियन्त्रणमा अन्य सरोकार राख्ने निकायसँग समन्वयात्मक ढङ्गबाट काम गर्नुपर्नेमा जोड दिनुभयो ।

भ्रष्टाचारविरुद्धको अभियानबाट जनतामा आशा जागेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्ष तथा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट आम जनतामा आशा जागेको बताउनुभएको छ ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उहाँले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताउनुभयो ।