मकवानपुरका शिक्षा सेवी तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको निधन

मकवानपुरका शिक्षा सेवी तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको निधन भएको छ । 

मकवानपुरमा रहेर शिक्षा र साहित्यको क्षेत्रमा क्रियाशील ७८ वर्षीय थापाको शुक्रबार बिहान चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। मुटुसम्बन्धी समस्या, निमोनिया, मधुमेह, रक्तचापलगायत स्वास्थ्य समस्याले ग्रसित भएपछि साहित्यकार थापा केही महिनादेखि अस्पताल भर्ना भएका थिए ।

थापाले कविता विधामा नयाँ दाना कविताको सुरुवातसमेत गरेका थिए। भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका पूर्वअध्यक्ष थापाले गोरखा दक्षिण बाहु चौथो (२०४४), नारायणी वाङ्मय पुरस्कार (२०५८) सहित विभिन्न सम्मान प्राप्त गरेका छन् ।