सुन तस्करी छानबिन विवादमा दलहरूबीच सहमति जुट्याे

सुन तस्करी छानबिन विवादमा दलहरूबीच सहमति जुटेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा सहमति जुटेको बैठकमा सहभागी एक सदस्यले बताए ।

सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकमा जाँचबुझ आयोग ऐन २०५६ बमोजिम आयोग गठन गर्ने सहमति भएको हो। साउन १० गतेदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक आजदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख सचेतकहरुबीच भएको दुई बुँदे सहमतिपछि संसद् सञ्चालन हुने निश्चित भएको हो ।