त्रिशूलीमा बस दुर्घटना अपडेट : १५ जना घाइतेको उद्धार

काठमाडाैँ। काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ ।

काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार दुर्घटनाका १५ जना भन्दा बढी घाइतेको उद्धार गरिएको छ । उद्धार जारी छ ।