शीर्ष नेताहरुको बैठकमा ओली गएनन,संसद् बैठक भोलिसम्मलाई स्थगित

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । 

संघीय संसद सचिवालयले सूचना प्रकाशित गर्दै आज दिउँसो ३ बजेका लागि बस्ने भनिएको बैठक सभामुखले विशेष कारणले भोलि बुधबार दिउँसो ३ बजे बस्ने गरी तोकेको जनाएको छ। 

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नको लागि बसेको सर्वदलीय बैठक औपचारिकरूपमा बस्दै नबसी सकिएको छ ।आज बस्ने भनिएको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि बैठक नै नबसेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए ।

‘बैठक नै बसेन, ओली जी आउन सक्नु भएन अस्वस्थताको कारणले र छलफल पनि बाँकी भयो,’  उनले भने ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।