तेस्रो हार सङ्गै एसिया यु-२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न नेपाल असफल

काठमाडाैँ।नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यु-२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ । दशरथ रंगशालामा शनिबारदेखि सुरु भएको एसिया रग्बी सेभेन्समा नेपालको यु-२० पुरुष टोलीले समूहको तीन खेलमा हार बेहोरेपछि सेमिफाइनलमा पुग्न असफल भएको हो ।

नेपालको पुरुष टोली समूह ‘बी’ मा परेको थियो ।पहिलो खेलमा भारतसँग २८-० ले पराजित भएको नेपालले दोस्रो खेलमा पनि मलेसियासँग ४४-० ले स्तब्ध भयो । फाइनलमा पुग्ने लक्ष्य राखेको नेपालको लगातार दोस्रो हारसँगै सेमिफाइनलमा नै पुग्ने आशा सकिएको हो ।शनिबार समूहका तीनै खेलमा नेपाल पराजित हुन पुग्यो ।

समूहको अन्तिम खेलमा पनि नेपाल हङकङसँग ३६-० ले हार बेहोर्‍यो । अब नेपालले पाँचौं स्थानका लागि आज (आइतबार) उज्बेकिस्तासँग खेल्नेछ । आइतबार हुने सेमिफाइनलमा चाइनिज ताइपेईले मलेसिया र थाइल्यान्डले हङकङसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।