बरिष्ठ पत्रकार डिल्लीप्रसाद आचार्यको निधन

बरिष्ठ पत्रकार, लेखक एवम पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ ।

उहाँको ८६ वर्षको उमेरमा गए राति काठमाडौँमा निधन भएको हो । बरिष्ठ पत्रकार आचार्य लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित हुनुहुन्थ्यो । विसं १९९४ मङ्सिर आठ गते बागलुङको रामरेखामा जन्मिनुभएका आचार्यले लामो समय पत्रकारिता गर्नुभएको थियो ।

उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको पत्रकार नारायण सापकोटाले जानकारी दिनुभयो । उहाँका श्रीमति, तीन छोरा र दुई छोरी हुनुहुन्छ ।