माओवादीले लुम्बिनीमा तीन महिने अभियान चलाउने, कार्यक्रम तीन चरणमा
नेकपा माओवादी केन्द्रले भदौ १६ देखि सुरु गर्न थालेको तीन महिने अभियानको तयारी लुम्बिनी प्रदेशमा थालेको छ ।
पहिलो चरण आगामी भदौ १–१५, दोस्रो चरण भदौ १६–२५ र तेस्रो चरण भदौ २६ देखि मंसिर १५ मा विभिन्न कार्यक्रम आयोजना हुने लुम्बिनी प्रदेश कमिटीको बैठकले निर्णय गरेको छ ।
‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ माओवादी केन्द्रले देशैभरि एकैपटक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु गर्दैछ । त्यही अनुरुप माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा पनि अभियानको तयारी थालेको हो ।
प्रतिक्रिया