बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
अर्थ वाणिज्य

टेलीकमले यस्तो ल्यायो दशैं अफर

१४-आश्विन-२०७६ | ०५:०७:४१ pm

नेपाल टेलिकम ९एनटीसी० ले दशैं, तिहार र छठ पर्वसम्मका लागि छूट र बोनससहितका विभिन्न योजनाहरू सार्वजनिक गरेको छ ।

एनटीसीले फोरजी एलटीई र अन्य सेवाहरूमा विशेष छूटसहित अफर सार्वजनिक गरेको हो ।

अफरअन्तर्गत एनटीसीले फोरजीरएलटीई सिम परिवर्तन निःशुल्क गरेको छ ।

त्यस्तै, फोरजी एलटीई नेटवर्कमा रजिस्टर हुने ग्राहकलाई दुईदिने अवधिको २०० एमबी डाटा बोनस र पोस्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट सेवा निःशुल्क गरिएको छ ।

कम्पनीले अर्को सूचना नदिएसम्म अफर जारी रहने बताएको छ ।

त्यस्तै प्रिपेडका ग्राहकले कात्तिक १६ गतेसम्म मिस्ड कल अलर्ट सेवा निःशुल्क खरीद गर्न सक्नेछन् ।

मिस्ड कल अलर्टले नेटवर्क नभएको, मोबाइल व्यस्त वा अफ भएको समयमा छुटेका कलको जानकारी दिन्छ ।

त्यसैगरी जीएसएम सीडीएमए ग्राहकका प्रिपेड पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध छ ।

टेलिकमले असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गर्ने भएको हो ।

योजनाअनुसार ५०, १००, २०० रुपैयाँको रिचार्जमा १० प्रतिशत र ५०० र १ हजार रुपैयाँको रिचार्जमा २० प्रतिशत बोनस प्राप्त दिनेछ ।

प्राप्त बोनस क्रमशः ३ र ५ दिनभित्र उपयोग गरिसक्नुपर्नेछ ।

रिचार्जमा बोनसबाहेकका अफर आइतबारबाटै लागू भएको टेलिकमले उल्लेख गरेको छ ।

Leave a Reply

सम्बन्धित समाचार