बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
एडिटर च्वाइस

महरामाथिको आरोप र यथार्थ

१४-आश्विन-२०७६ | १०:१२:३६ am

काठमाडौं । संघीय संसद अन्र्तगतको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको विषयमा एउटा अपत्यारिलो घटना सार्वजनिक भएसँगै राजनीतिक वृत्त र मिडिया जगतमा तरंग पैदा भएको छ ।

वीर अस्पतालमा दरबन्दी भई संसद सचिवालयमा काजमा आएकी उमेरले अन्दाजी ६० वर्षीया  स्टाफ नर्सले सभामुख महरामाथि  दुर्व्यवहारको आरोप लगाएपछि राजनीति तरंगित बनेको छ ।

यसले एउटा आशंका पैदा गरेको छ, के महराले यौन दुर्व्यवहार गर्नका लागि उमेर ढक्लेकी महिलालाई रोज्नुपर्छ ? सम्माननीय मानपदवी हुने अतिविशिष्ट श्रेणीमा पर्ने सभामुखले यौन दुर्व्यवहार नै गर्नुपरे वयस्क युवती पाउँदैनन्, उमेर ढक्लेको महिला खोज्नुपर्छ ? यसको उत्तर जसले पनि दिन सक्छ, जस्तो खोज्यो त्यस्तै युवती भेटाउँछन् ।

किनकि उच्च पदस्थ व्यक्तिसँग नजिकिएमा धेरै प्रकारका फाइदा आर्जन गर्न सकिन्छ । यो हिसाबले पनि  ती महिलासम्म महरा पुगे पनि यौन दुर्व्यवहारका लागि पक्कै पुगेनन् ।

अर्को महरा तिनै व्यक्ति हुन् जसले २०४८ सालको संसदमा ‘संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने स्थान हो’ भनेका थिए । यस्तो अभिव्यक्ति आफू बलियो नभएको व्यक्तिले दिन सक्दैन । आत्मविश्वास नभएको व्यक्तिले दिन सक्दैन ।

त्योभन्दा अगाडिबाटै समाज र राष्ट्र बदल्नुपर्छ क्रान्तिकारी सोच भएका महराले तत्कालीन माओवादीको उच्च पदमा रहेर १० वर्ष जनयुद्धलाई सही ट्रयाकमा ल्याउन काम गरेका थिए ।

माओवादीले तत्कालीन सत्तारुढ दलहरुसँग सातबुँदे समझदारी र १२ बुँदे बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गर्नेबेलामा निर्णायक भूमिका निभाएका र माओवादी विद्रोही शक्ति हुँदा सत्तासँग बार्ता गर्ने टोलीको नेतृत्व पटक–पटक गरेका महरा तार्किक क्षमतामा विलक्षण क्षमता भएका व्यक्ति पर्छन् ।

सैद्धान्तिक विषयमा पनि खरो बहस गर्न सक्छन् । संगठन सुदृढीकरणमा निपूर्ण महरालाई तल पार्न सकेमा आफू माथि उठ्न सकिन्छ भन्ने मनसायले यो रणनीति अपनाइएको हुन सक्ने आकलन धेरैको छ ।

यसभन्दा अगाडि पनि महरालाई तल पार्नका लागि अनेकन प्रयास नभएका होइनन् । चीनसंँग निर्वाचन जित्नका लागि ५० करोड चाइयो भनेर महरा बलेको भिडियो एउटा टेलिभिजनबाट प्रशारण गरियो ।

२०७४ को निर्वाचनका बेला दाङमा क्रिकेट ग्राउण्ड बनाउनका लागि पैसा व्यवस्थापन गरिदिन पर्‍यो भन्दै तत्कालीन अर्थ सचिवलाई निर्देशन दिएको शैलीमा बोलेको भनेर पनि सामाजिक सञ्जालमा भाइरल बनाइयो ।

त्यति मात्र होइन माओवादीभित्रका ‘पदलोलुप’ नेताको बिल्ला भिराउने काम पनि पार्टी भित्रैका केही नेताबाट भएकै हो ।  ती घटनाबाट पार नलागेपछि पछिल्लो समय अति सम्वेदनशील कपोकल्पित घटना घटाइएको हुन सक्ने विश्लेषण पनि सुनिन थालेको छ ।

अब, आरोप लगाउने महिलातर्फ पनि केही बुझ्नैपर्छ । उनी पनि महरा आबद्ध भएकी पार्टी निकट कि हुन् । यौन मामलामा पहिला देखिनै उनको छवि विवादित  करिब आठ वर्षअगाडि नै परपुरुषसँग रंगेहात पक्राउ परेपछि तत्कालीन दाङ माओवादीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने विषयमा छलफल चलाएको थियो । केही नेताको आडमा उनको कारबाही रोकिएको थियो । यसले पनि महिला आफै आफू सज्जन र महरा गल्ती भएको भन्न सहजै सक्ने अवस्था देखिन्नँ ।

अर्को यदि घटना भएकै दिन प्रहरीलाई र माओवादीका नेताहरुलाई उनले जानकारी गराए पनि अहिलेसम्म किटानी जाहेरी किन दिएकी छैनन् ।

यसले पनि पुष्टि गर्छ, पुरानो संबन्धका आधारमा उनीसँग भेट्न कोठामा गए पनि यौन दुर्व्यवहार पक्कै गरेनन् । जसरी महराको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘सभामुखज्यूले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा’ कल्पनासमेत गर्न सकिँदैन । आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता छैन ।

सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उनी त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु भनी उनकाे सचिवालयले जारी गिरएकाे विज्ञिप्तिमा उल्लेख छ । विज्ञप्तिमा समाचारमा आएजस्तो चस्मा, जुत्ताका कुरा पूरै निराधार भएको भनि उल्लेख गरिएकाे छ ।

 

सम्वन्धित समाचार

कुत्सित मनस्थिति भएकाहरुले गरे महरालाई फसाउने प्रयास

महरालाई फसाउन सुनियोजित प्रहार

Leave a Reply

सम्बन्धित समाचार