जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ परेका छन् ।

मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले काठमाडौंबाट ३० लाख रुपैयाँसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । झाओ हुई, जोङ छ्याङ र ताङ जिङ (महिला) पक्राउ परेका हुन् ।

सुन तस्करी प्रकरणमा अहिलेसम्म २२ जना पक्राउ परेका छन् ।