बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
खेलकुद

एसियन बडिबिल्डिङमा नेपाली चेलीले रजतसहित दुई पदक हात पारिन्

१४-आश्विन-२०७६ | ०७:३८:०२ am

काठमाडौं । नेपाली चेली रजनी श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरको शारीरिक सुगठन सम्बन्धी एक प्रतियोगितामा आफ्नो देश नेपाललाई चिनाउन सफल भएकी छिन् ।

दक्षिण एसिया अन्तर्गत पर्ने इन्डोनेसियामा भईरहेको ५३ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी भएका रजनीले दुई दुई पदक जित्दै इतिहास रचेकी छिन् ।

 

इन्डोनेसियाको बताममा सोमबार रजनीले दुई फरक विधामा पदक जित्दै इतिहास बनाएकी हुन् ।

रजनीले ५५ केजी तौल समूहमा रजत पदक जितिन ।

पछिल्लो समय नेपालका शारीरिक सुगठन अर्थात बडि बिल्डिङ खेलाडीले अन्तर्राष्ट्रिय ठूला प्रतियोगितामा महत्वपूर्ण उपलब्धि हात पार्ने क्रम बढ्दै गएको छ ।

एक बर्षअघि मात्र थाइल्यान्डमा भएको विश्‍व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका महेश्वर महर्जनले ७५ केजी तौल समूहमा ऐतिहासिक स्वर्ण पदक जितेका थिए ।

महेश्‍वरले नेपाली शारीरिक सुगठनलाई दिलाएको हालसम्मकै ठूलो उपाधि हो ।

 

यस्तै रजनीले ३० वर्ष वा सो भन्दा माथिको समूहमा काँस्य पदक जित्दै इतिहास बनाएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

 

रजनीले गत साउनमा नेपालमा आयोजना भएको १२ औं दक्षिण एसियाली बडिबिल्डिङ च्याम्पियनसिपको महिला एथ्लेटिक्स फिजिकमा काँस्य पदक जितेकी थिइन् ।

Leave a Reply

सम्बन्धित समाचार