कानुन मन्त्री धनराज गुरुङ बिरामी भएपछि अस्पताल भर्ना

कानुन मन्त्री धनराज गुरुङ बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।

उनलाई ब्लड प्रेसर र मुटुको धडकन कम भएकाले अस्पताल भर्ना गरिएको उनका सहयोगी प्रेम केसीले जानकारी दिए । अस्वस्थ्य भएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पुगेका उनलाई अस्पतालले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरेको हो ।

मन्त्री गुरुङलाई आज डाक्टरको निगरानीमा अस्पतालमै राखिने केसीले जानकारी दिए ।