सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राख्न अदालतले दिए अनुमति

काठमाडौँ।एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ परेकाहरूलाई सोमबार काठमाडौं जिल्ला अदालतमा पेस गरेकामा अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

प्रकरणको यसअघि राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेकामा आइतबार फाइल र पक्राउ अभियुक्त सीआईलाई बुझाएको थियो। यो अन्तरदेशीय संगठित अपराध रहेको भन्दै विभागले बाँकी अनुसन्धानको जिम्मा सीआईबीलाई सुम्पेको हो।

यससँगै सीआईबीले सोमबारदेखि थप अनुसन्धान अघि बढाएको हो। सीआईबीले प्रहरी उपरीक्षक ९एसपी० सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोेकेर अनुसन्धान थालेको हो।

साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन सिनामंगलबाट बरामद भएको थियो। प्रकरणमा हालसम्म १८ जना पक्राउ परेकामा एक जना हाजिर जमानीमा छुटेका थिए।