शनिबार, मंसिर ०७, २०७६ | Saturday, November 23, 2019

काठमाडौँ
सर्वोच्चमा रिट   * भ्रमण वर्षको सदस्य सचिवमा श्रेष्ठ नियुक्त   * यस्ता रोग भएका मानिसले लसुन खानु उचित हुँदैन   * अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि   * क्रियाशील दलित पत्रकार संघ नेपाल गठन   * विद्यार्थी नेता राईलाई थुनामा पठाउन अदालतले दियो आदेश   * बज्राचार्य अवार्डस् पुस १२ मा हुने   * एन्टिबायोटिकको जथाभावी प्रयोगले भयावह अवस्था निम्त्याउने, ४५ सेकेन्डमा १ को मृत्यु   * समाजवादी पार्टी सरकार छाड्दै   * महरा प्रकरण : उच्च अदालतले दियो ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश   *
शनिबार, मंसिर ०७, २०७६ Saturday, November 23, 2019
न्याय/कानुन

‘न्यायपालिकाप्रतिको विश्वसनीयता बढाउन सबै लागौँ’

१०-आश्विन-२०७६ | ०३:३३:०० pm

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले न्यायपालिकाप्रतिको विश्वसनीयता वृद्धि गर्न लाग्नुपर्ने बताएका छन ।

सर्वोच्च अदालतलद्वारा विजयादशमी, तिहार, नेपालसम्वत् तथा छठ पर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रसाद तथा चियापान समारोहमा उनले चाडपर्वले मुलुकको विविधता र एकताको सन्देश दिँदै सबैलाई न्यायपूर्ण समाज निर्माण गर्न शुभकामना दिए ।

उनले भने, “नेपाल बहुजाति, बहुधार्मिक मुलुक हो, यसको विकास, समृद्धि र न्यायपूर्ण समाजको निर्माणमा पर्वले प्रेरणा गरोस्, मेरो शुभकाना छ ।”

नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिकाको परिकल्पना गरेको उल्लेख गर्दै उहाँले सोअनुरुप सुदृढ न्यायपालिका बनाउन सबैलाई आआफ्नो ठाउँबाट काम गर्न आग्रह गरे ।

सर्वोच्च अदालतले पर्वका अवसरमा प्रत्येक वर्ष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने गरेको छ ।

सो समारोहका कानून, न्याय तथा संसदीय ममिलामन्त्री भानुभक्त ढकाल, महान्यायाधिवक्ता अग्नि खरेल, सर्वोच्च अदालतका न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीशलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

सम्बन्धित समाचार