सरकार गैरजिम्मेवार भएको भन्दै थापाथली क्याम्पसका विद्यार्थीकाे सांकेतिक प्रदर्शन

काठमाडौँ। स्वतन्त्र विद्यार्थी युनियन थापाथली क्याम्पसका विद्यार्थीले सरकार गैरजिम्मेवार भएको भन्दै सांकेतिक प्रदर्शन गरेका छन्।

सरकारलाई जिम्मेवार बनाउन दबाब दिने उद्देश्यले विद्यार्थीहरूले  बृहत् भेला गरेका हुन्।

‘फ्री स्टुडेन्ट मुभमेन्ट’ नाम दिइएको यो प्रदर्शनमा विद्यार्थीहरुले प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

सरकारले विभिन्न घटनामा उदासीनता देखाएको उनीहरूको आरोप छ। क्याम्पसबाट माइतीघरतर्फ निस्किएका उनीहरूले प्रहरीले पहरा दिएको थियो।