मुख्यमन्त्री र बङ्गदेशका राजदूतबीच भेट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दीन नोमन चौधरीबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रमुख स्वकीयसचिव धीरेन्द्र शाहीले बताउनुभयो । सो अवसरमा बङ्गादेशका राजदूत चौधरीले दुई देशबीच पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशको विकासका लागि सहयोग जुटाउन बङ्गलादेश तत्पर रहेको बताउनुभयो ।

मुख्यमन्त्री शाहले प्रदेशको जलविद्युत्, कृषिलगायतका क्षेत्रको विकासका लागि बङ्गलादेश सरकारको सहयोगको अपेक्षा राखेको बताउनुभयो ।