आज तोलामा दुई सयले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । कारोबार साताको चौथो दिन बुधबार तोलामा ६०० ले घटेको सुनको मूल्य आज कारोबार साताको पाचौ दिन पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भएकोमा आज ३५ रुपैयाँ घटेर १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।