जिल्ला अदालतको आदेशलाई उल्टाउँदै लालबहादुर विश्वकर्मालाइ उच्च अदालतले दियाे सफाइ

 ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन् ।

उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मालाई सफाइ दिएको हाे। उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले ठगी तथा बैंकिङ कसुरमा मुद्दामा सुनसरी जिल्ला अदालतको आदेश बदर गर्दै विश्वकर्मालाई सफाइ दिएको हो ।

०७८ पुस १९ मा जिल्ला अदालतको आदेशलाई उल्टाउँदै उच्च अदालतले लालबहादुरलाई थुनामुक्त गर्न भनेको हो । जिल्ला अदालत सुनसरीले कामदार विश्वकर्मालाई ठगी मुद्दामा मालिक सरह कैदको फैसला सुनाएको थियो । लालबहादुरलाई ७२ जनाले निर्दोष रहेको बकपत्र गरे पनि ३ करोड बिगो जरिबाना तिर्न नसक्दा सुनसरी जिल्ला अदालतको आदेशअनुसार कारागार पुगेका थिए ।

उनलाई तीन करोड १४ लाख रुपैयाँ बिगोसहित ७० हजार जरिबाना र एक वर्ष ६ महिना कैद तोकिएको थियो ।