शुक्रबार, जेठ १६, २०७७ | Friday, May 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
अफ्रिकी मुलुकबाट उडेर आको यो सलह किरा ।   * शव लैजाँदा शवदाह गृहका कर्मचारीकाे भागाभाग   * रौतहटमा क्वारेन्टाइन बनाउने बिषयमा झडप: प्रहरीद्वारा १२ राउन्ड हवाई फायर   * रौतहटमा थप १७ जनामा कोरोना पुष्टि: रौतहटमा सङ्क्रमितकाे संख्या १२५ पुग्यो   * लकडाउन खुलेको ३० दिनभित्र अदालत जाने मौका: हद म्याद नलाग्ने   * लोककल्याणकारी विज्ञापन अनलाइन समाचार माध्यमलाई पनि दिईने   * रेलमार्गका लागि ६६ अर्ब:विमानस्थलका लागि १९ अर्ब   * कर्मचारीलाई घुम्न प्रोत्साहन गरिने   * आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा (लाईभ हेर्नुहाेस)   * नयाँ व्यवसाय सुरु गर्नेलाई २ प्रतिशत ब्याजदरमा ऋण   *
[bsa_pro_ad_space id=33]
शुक्रबार, जेठ १६, २०७७ Friday, May 29, 2020
खेलकुद

कोहलीलाई अनुशासनको कारबाही

०७-आश्विन-२०७६ | ०९:४०:४७ am

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई आइसीसी कोड अफ कन्डक्ट उल्लंघन गरेको भन्दै आधिकारिक चेतावनी तथा एक पोइन्ट डिमेरिट दिइएको छ । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टी२० खेलमा उनले आइसीसी कोड अफ कन्डक्टको लेभल वान उल्लंघन गरेको भन्दै कारबाही गरिएको हो ।

कोहलीले आइसीसी खेलाडी तथा सहयोगी कोड अफ कन्डक्टको दफा २.१२ को उल्लंघन गरेको आइसीसीले जनाएको छ । उनले खेलको पाँचौं ओभरमा रन लिने क्रममा बलर बिउरन हेन्ड्रिक्सको कुममा धक्का दिएका थिए । दफा २.१२ बमोजिम अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका दौरान खेलाडी, खेलाडीका सहयोगी, अम्पायर, रेफ्रि, दर्शक वा कसैलाई पनि अनुपयुक्त रुपमा छुन पाइँदैन ।

सेप्टेम्बर २०१६ मा नियम संशोधन भएपछि कोहलीमाथि अनुशासनको कारबाही भएको यो तेस्रोपटक हो । हरेक कारबाहीमा उनले १ पोइन्ट डिमेरिट पाउँदै आएका छन् । ‘लेभल वान’ सबैभन्दा निम्न स्तरको गल्ती हो । आइसीसीको नियमानुसार सो गल्ती साबित भएमा खेलाडीलाई चेतावनी, एक खेलमा उनले पाउने शुल्कको ५० प्रतिशत र एक वा दुई पोइन्ट डिमेरिट दिइन्छ ।

२४ महिनामा ४ वा बढी डिमेरिट पोइन्ट भएमा त्यो सस्पेन्सन पोइन्ट बन्छ । यदी कुनै खेलाडीले २४ महिनाभित्र २ सस्पेन्सन पोइन्ट पाएमा एउटा टेस्ट वा दुई ओडिआई वा दुई टी२० मध्ये जुन पहिले खेल्छन् त्यसमा प्रतिबन्धित गरिन्छ ।

कोहलीले यसअघि १५ जनवरी, २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा एक डिमेरिट पोइन्ट पाएका थिए भने क्रिकेट विश्वकप २०१९ को अफगानिस्तानविरुद्धको खेलमा पनि एक पोइन्ट डिमेरिट पाएका थिए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: