खोटाङका प्रजिअ खतिवडा निलम्बन

काठमाडौँ। खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन् ।

उनीविरूद्व अख्तियार दुरूपयोग अनुसन्धान अयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन् ।

उनले ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् लाइन विस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

प्रजिअ खतिवडा निलम्बनमा परेपछि तत्कालका लागि सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले निमित्त प्रजिअको भूमिका निर्वाह गर्नेछन् ।