पाल्पामा माछा मार्ने जालमा फसेर डुब्दा एक जनाको मृत्यु

पाल्पामा माछा मार्ने जालमा फसेर डुब्दा एक जनाको ज्यान गएको छ ।

रम्भा गाउँपालिकावडा नम्बर –२, फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाडेमगरको कालीगण्डकी नदीमा माछा मार्न प्रयोग गरिने जालमा फसेर डुब्दा मृत्यु भएको हो ।

फोक्सिङकोटको छाप गाउँमा बस्दै आएका पाडेमगरको घरदेखि एक किलोमिटर टाढाको नदीमा माछा मार्न गएका बेला डुबेर मृत्यु भएको प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए ।