सुनै सुनले भरियाे विमानस्थल,अवैध सुन सरकारले के गर्छ?

भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएको घटना छानबिन गर्न समिति गठन गरेको छ ।

अहिले सबैको मनमा एउटा प्रश्न उब्जेको छ, यति ठूलो परिमाणमा ल्याइएको सुन भन्सार पास भयो कसरी ? के कर्मचारीको सेटिङविना यो सम्भव छ त ? यो प्रश्न उब्जनु पनि सामान्य हो। भन्सार जाँचपास हुँदा कागजात मात्रै हैन वस्तुको पनि जाँच हुन्छ। तर ठूलो परिमाणको सुन कसरी त्रिभुवन विमानस्थल भन्सारबाट छुट्यो। यो सरासर भन्सार अधिकृत र प्रहरीकै तस्करसँग मिलेमतो भएको देखिन्छ।

सय किलो सुन जाँचपास भएको सम्बन्धमा छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको हो। अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो। जस क्रममा विमानस्थलको भन्सार गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो।करिब एक सय किलो सुन भन्सारबाट सहजै जाँचपास गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गेटमा पुगेको पाइएपछि राजस्व अनुसन्धान विभागको टोलीले मंगलबार उक्त सुन बरामद गरेको थियो। भन्सार जाँच पार गरेर तस्करीको सुन कसरी बाहिर गयो भन्ने विषयमा छानबिन गर्ने जिम्मेवारी समितिलाई दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए ।

सुन बरामदपछि अनुसन्धानका क्रममा एक जना भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा विभागले रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।पक्राउ परेकाहरु सबै सुन ओसार९पसारमा संलग्न व्यक्ति रहेको पाइएको विभाग स्रोतले जानकारी दिएको छ।जुनसुकै माध्यमबाट ल्याएको अवैध सुन बरामद गरेपनि ती सबैको गुणस्तर र परिमाण जाँच गर्न सम्बन्धित निकायले नेपाल राष्ट्र बैंक टक्सार महाशाखामा पठाउँछ । महाशाखाका प्रमुख थानेश्वर आचार्य सरकारको जुनसुकै निकायमार्फत पक्राउ परेका सुन केन्द्रीय बैंक टक्सार महाशाखामा आउँने बताउँछन् ।

मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेटबाट बरामद भएको सुनको शुद्धता परीक्षणका लागि राजस्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंक पठाउने भएको छ। विभाग स्रोतका अनुसार क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट मंगलबार ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो।विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्नका लागि हजौ टक्सार विभागमा लगिएको छ । बुधबार बरामद गरिएको सुनको हिजो मुचुल्का उठाइएको थियो। मुचुल्का उठाइसकेर सुन महाशाखाकै ढुकुटीमा राखिएको छ।

प्रहरीले सुन समातिसकेपछि पक्राउ परेका अभियुक्तसमेतलाई राजश्व अनुसन्धान विभाग लैजान्छ। राजश्व विभागले सुन राष्ट्र बैंकलाई जिम्मा लगाउँछ र अभियुक्तलाई मुद्दा चलाउँछ। कर छली वा भ्रष्टाचार गरेर जम्मा गरिएको सुन समेत प्रहरीले जफत गर्ने गर्छ । यसरी भन्सार कार्यालय, अध्यागमन विभाग र नेपाल प्रहरीले विभिन्न समयमा विभिन्न स्थानबाट सुन जफत गरेपछि अवैध ओसारपसार गर्ने, अवैध कारोबार गर्ने वा अवैधरुपमा सुन राख्ने व्यक्तिविरुद्ध अदालतमा मुद्दा पर्छ । विभिन्न स्थानमा जफत गरिएको सबै सुन भन्सार कार्यालयमा जान्छ भने मुद्दामामिलाको विषय नेपाल प्रहरीले हेर्छ ।

त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंकासँगै राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन समेत जारी राखेको छ । राजस्व अनुसन्धान विभागका अनुसार बिहीबार दिउँसो अर्को सय केजी सुन भेटिएको बखर आएपछि राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना हिजै एयरपोर्ट भन्सार कार्यालय पुगेका थिए। उनीसँगै भन्सार विभागका कर्मचारीहरू पनि खटिएर सुनको खोजीमा जुटेका थिए। सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको छ ।पाटन उच्च अदालतले बिहीबार पहिलोपटकलाई १० दिनको समय दिएको हो । पक्राउ परेकाहरु राजस्व अनुसन्धान विभागको हिरासतमा छन् ।

नेपाल प्रहरीले पछिल्लो पाँच वर्षमा १८५ केजीभन्दा बढी अवैध सुन देशका विभिन्न स्थानबाट बरामद गरेको छ । विगत ५ वर्षमा करिब १ सय २२ किलोग्राम अवैध सुन बरामद भएको तथ्यांक छ । आर्थिक वर्ष २०७५ र ७६ देखि आर्थिक वर्ष २०७९ र ८० सम्म आइपुग्दा १ सय २२ किलो अवैध सुन बरामद गरियो । त्यसबापत राज्यले करिब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । अवैध सुनको कारोबारमा संलग्न रहेको आरोपमा पाँच वर्षको अवधिमा ३७९ जना पक्राउ परेका छन् ।