महानगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै बञ्चरेडाँडामा फोहोर फाल्न रोक

काठमाडौं। नुवाकोटको बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा आजदेखि फोहोर फाल्नमा स्थानीयले रोक

लगाएका छन् ।सरकार र काठमाडौं महानगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले सोमबारदेखि फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।

बन्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर लिएर जाने गाडीलाई स्थानीयले रोकेका हुन् । स्थानीयहरूले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने पनि बताएका छन् ।

यसैबीच, ककनी गाउँपालिकाले फोहोर बोकेर बन्चरेडाँडा जाने हरेक सवारी साधनबाट १५ सय सम्म शुल्क लिने निर्णय गरेकोमा ककनी गाउँपालिकाविरुद्ध सर्वोच्चमा अदालतमा रिट दायर भएको छ।