रात्रिकालीन दङ्गा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ

रात्रिकालीन दङ्गा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ गरिएको छ ।

फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले कुनै पनि किसिमका सम्भावित रात्रिकालीन दङ्गा नियन्त्रण गर्न ४५ हजार प्रहरी अधिकारीहरू तैनाथ गरिएको बताउँनु भएको छ । अल जजीराले उल्लेख गरेअनुसार अघिल्लो दिन करिब ४० हजार प्रहरी परिचालन गरिएको थियो भने शुक्रबारदेखि थप पाँच हजार प्रहरी परिचालन गरिएको छ । गोली हानेर मारिएका १७ वर्षीय नाहेल एमको मृत्युलाई लिएर देशभर विरोध प्रदर्शन भइरहेका बेला फ्रान्समा बिहीबार ४०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको थियो । नान्तेरेमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा मार्सेलीमा केही दिनअघि नाहेल नामका १७ वर्षीय किशोरको हत्या गोली लागी मृत्यु भएको थियो। युवकको हत्याको विरोधमा प्रतिरोधलाई झन् तीव्र पारिएको छ ।

किशोरीको सम्झनामा निकालिएको र्या।ली हिंसात्मक बनेपछि नान्तेरेमा एउटा बैंकमा आगजनी भएको छ । सो घटनाको आशङ्कामा १५ जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । सीएनएनले बीएफएमटीभीलाई उद्धृत गर्दै मार्सेलीमा प्रदर्शनकारीहरूले प्रहरी अधिकारीहरूमाथि आतिशबाजी गरेको जनाएको छ । फ्रान्समा मङ्गलबार अशान्ति भड्किएको र नान्तेरेमा प्रहरीले आवागमन रोकेको केही घण्टापछि नाहेलको हत्या भएको थियो र त्यसको विरोधमा ४० वटा कारहरू जलाइएको थियो भने २४ जना प्रहरी अधिकारीहरू घाइते भएका थिए ।