नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने

नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०ले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।

बिहीबार विहान बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

आजै बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले पनि विश्वासको मत नदिने निर्णय गरेको छ ।