बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
राजनीति

दलहरुले दिए नेपाल प्रहरीलाई ‘नेकपा प्रहरी’ बनाउन सुझाव

२९-भाद्र-२०७६ | ०८:४३:४२ pm

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले शान्ति सुरक्षा कायम गर्ने सवालमा नेपाल प्रहरीको भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका छन्।
आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका एकजना सांसदले प्रहरीको भूमिकाबारे प्रश्न उठाएका हुन्।

कांग्रेसका सांसद डा. अमरेश सिंहले आफ्ना नेता कार्यकर्ता कुटिँदा पनि प्रहरी रमिते बनेको आरोप लगाए।

उनले भदौ २६ गते बाँकेको खजुरामा कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाट भएको आक्रमणका क्रममा घटनास्थलमै रहेको प्रहरीले केही गर्न नसकेको भन्दै आपत्ति प्रकट गरे। नेपाल प्रहरीको नामसमेत फेर्नुपर्ने भन्दै उनले कटाक्ष गरे। ‘नेपाल प्रहरीको नाम अब नेकपा प्रहरी राखौँ’, उनले भने, ‘घटनास्थलमा प्रहरी हुँदा पनि आक्रमण रोक्न पहल गरेन। राजनीतिक निर्देशनमा यो घटना भएको हो।’

Leave a Reply

सम्बन्धित समाचार