बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
गण्डकी प्रदेश

कास्की २ चुनाव समिकरण: काँग्रेस कि नेकपा

२९-भाद्र-२०७६ | ०६:५१:३० pm

मंसिर १४ गते उपनिर्वाचनको मिति निश्चित भएसँगै कास्की २ मा निर्वाचनको माहोल बनेको छ ।

२०७५ फागुन १५ मा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपश्चात् खाली भएको क्षेत्रमा नेकपाबाट वामदेव र रवीन्द्रपत्नीको चर्चापरिचर्चा भइरहँदा प्रमुख प्रतिस्पर्धीका नेपाली कांग्रेसमा केही समयअघि धनराज गुरुङबाहेक कुनै रौनक देखिएको छैन ।

सामाजिक सञ्जालमा कांग्रेसका धनराज गुरुङबाहेक अरुको औपचारिक रूपमा खासै चर्चा भएको छैन ।

यस क्षेत्रका लागि रवीन्द्र अधिकारीको मृत्युसँगै उनकी पत्नी विद्याको चर्चा चले पनि नेकपाको शीर्ष तहमा वामदेवलाई अघि सार्न लगभग सबै एकजुट देखिएका छन् ।

त्यसैले पनि उक्त क्षेत्रमा नेकपाबाट वामदेव नै उम्मेदवार हुने सम्भावना बढ्दै गएको छ ।

यद्यपि यस विषयमा नेकपाले आधिकारिक रूपमा केही बाहिर ल्याएको छैन ।

पार्टीले वामदेवलाई उम्मेदवार बनाइ संसद्मा ल्याउने रणनीति अपनाएकाले उनले कास्की २ बाट टिकट पाउने निश्चित छ ।

र कांग्रेसले यथास्थितिमै स्थानीय उम्मेदवार उठाउने हो भने कांग्रेसले यसअघिको आफ्नो हारको पैँचो फेर्ने मौकालाई गुमाउने र नेकपाका नेता वामदेवले बाजी मार्ने पक्का छ ।

कांग्रेसले यसअघि नेकपाबाट व्यहोरेको हारको पैँचो फेरी नेपाली राजनीतिमा आफ्नो अस्तित्व कायम राख्नलाई यो चुनाव जित्नैपर्ने देखिन्छ ।

यदि कांग्रेसले यो चुनाव हार व्यहोरेमा कांग्रेसप्रतिको जनताको विश्वासको ग्राफ अझ तल झर्दै जानेछ ।

जसका लागि उसले आफ्नोतर्फबाट केन्द्रमा पृष्ठभूमि बलियो बनाएका हेभी वेट भएका शेखर कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधिजस्ता नेतालाई अघि सारेमा पैँचो फर्काउन सक्ला ।

नत्र भने कांग्रेसको भविष्यमै निकै ठूलो दाग लाग्न सक्छ ।

त्यसैले पनि क्षेत्रको उपनिर्वाचनलाई सत्तारुढ र नेपाली कांग्रेसका जुँगाको लडाइका रूपमा हेरिएको छ ।

र अर्को कुरा यो चुनावलाई नेपाली कांग्रेसले नेकपालाई लगाएका आरोप पुष्टि गर्ने र नेकपाले पनि जनताको आफुप्रतिको विश्वास अझै बढ्दै गइरहेको भनी पुष्टि गर्ने मौकाका रूपमा लिएकाले पनि यो निर्वाचनलाई देशैभरबाट महत्वका साथ हेरिएको छ ।

यस क्षेत्रमा रवीन्द्रपत्नीको सट्टामा वामदेवलाई उठाएकामा नेकपाको एक खेमाले पार्टीभित्र केपी ओलीको वर्चस्व कायम राख्नका अघि सारिएको कुरा पनि चल्न थालेको छ ।

रवीन्द्रपत्नीप्रति मतदाताको सहानुभूति रहिरहँदा उनले लगभग जित्ने पक्का छ । जुन सान्दर्भिक पनि छ ।

पतिकै नामको नामका कारण मदन भण्डारीको सट्टामा अहिले विद्यादेवी भण्डारी राष्ट्रपति छन् ।

हुन त पतिको नामले विद्यादेवी राष्ट्रपति भइनन् भन्ने कुरा पनि आउँछ ।

हो पतिका नामबाट मात्रै पार्टीले अघि बढाउनुपर्छ भन्ने होइन ।

तर, रवीन्द्रपत्नीमा पार्टीले दिएको जिम्मेवारी सम्हाल्न सक्ने क्षमता छ ।

तसर्थ मानवीयता, पीडित परिवारप्रति सहानुभूति राख्ने हो भने वामदेवलाई भन्दा नेकपाले रवीन्द्रपत्नीलाई नै प्राथमिकता दिँदा राम्रो हुने देखिन्छ ।

गुट उपगुट हुँदाहुँदै पनि यस क्षेत्रको उपनिर्वाचनलाई लक्षित गरी गत महिना मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारी पोखरामा भेला भएर आफ्ना उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिइसकेका छन् ।

सत्तारुढ दलबाट वामदेव आउने सम्भावना बढेसँगै कांग्रेसभित्रैबाट बलियो उम्मेदवार ल्याउनुपर्ने आवाज उठे पनि कांग्रेसले अहिले यसै गर्ने भनेर टुंगो लगाएको छैन ।

जनतामा पुराना पार्टीप्रति निराशा छाइरहेको अवस्थामा साझापार्टीको तर्फबाट पनि उम्मेदवारी पर्ने भएको छ ।

पार्टीको औपचारिक निर्णय नभए पनि रवीन्द्र मिश्रले उम्मेदवारी दिने सम्भावना छ ।

रवीन्द्र मिश्र र मूल धारका नेकपा र नेपाली कांग्रेसबाहेक समाजवादी पार्टी नेपालका किरण थापा, राप्रपाका सीता केसी पनि उम्मेदवारका रूपमा प्रारम्भिक कुरा चल्दै छ ।

यो निर्वाचन सत्ता पक्षले आफ्नो सरकारको मूल्यांकन गर्ने र विपक्षीले आफुले संसद्मा रही सरकारको कामलाई वाचडगको रूपमा हेरी जनताको आवाज कति उठाइरहेको छ भन्ने कुरा पुष्टि गर्ने अवसर हो ।

तसर्थ सरकारका कामकारबाहीबारे नेपाली कांग्रेसले बाहिर गरेका प्रचारको पुष्टि व्यवहारिक पुष्टि गर्ने अवसर भएकाले पनि कास्की क्षेत्र नं. २ मा पार्टी तथा कार्यकर्तामाझ पपुलारिटी कमाएका शेखर कोइराला, माओवादी द्वन्द्वकालमा शान्ति स्थापनार्थ महत्वपूर्ण भूमिका निर्वाह गर्ने कृष्ण सिटौला र तराई क्षेत्रमा बसोबास गर्ने भए पनि कांग्रेसभित्र आफ्नो पपुलारिटी जमाउन सकेका विमलेन्द्र निधिजस्ता केन्द्रका हेभी वेटका नेता उठाउनुपर्छ ।

Leave a Reply

सम्बन्धित समाचार