बाहिर मिडियामा झुठो प्रचार गरियो समाजवादी मोर्चा गठनबाट देउवा खुसी हुनुहुन्छ : नेपाल

काठमाडौँ। एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा गठनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुसी भएको बताउनुभएको छ ।

गृह जिल्ला रौतहट आउनुभएका अध्यक्ष नेपालले गौर नगरपालिकाको आइतबार शुरु भएको १२औं नगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै समाजवादी मोर्चा देखेर देउवा खुसी भएको प्रतिक्रिया दिनुभएको हो ।

कांग्रेस सभापति देउवाले समेत मोर्चाको विरोध गरेको भन्दै केही मिडियामा झुठो समाचार आएको उहाँको भनाइ थियो । ‘बाहिर मिडियामा झुठो प्रचार गरियो । सिंगापुर पुगेर देउवाले मोर्चा गठनको विरोध गरे भनेर प्रचार गरियो । यो सरासर गलत हो,’ उहाँले भन्नुभयो ।

यस क्रममा अध्यक्ष नेपालले अब हातमा हात मिलाएर अघि बढ्नु पर्ने भन्दै देउवाले सुझाव दिएको पनि बताउनुभएको थियो । मोर्चा गठनले केहीको ‘निद हराम’ भएको र केहीलाई हैरान गरेको पनि उहाँको जिकिर छ ।